Posted by: shirish November 20, 2007
छोरीको झोलामा
Login in to Rate this Post:     0       ?        

छोराको झोला



अरुणबहादुर खत्री 'नदी'



मेरो छोराको कक्षा कोठा
कति सानो सानो छ
किताब कापीको थुप्रो
झोलाभित्र कोचिएको छ
अति साह्रै गहु्रङ्गो छ
मेरो छोराको झोला
हल्का गरी बोक्नुपर्ने
कहिले आउँछ होला -
घर पनि कक्षा कोठा जस्तै
धेरै सानो सानो छ
धन छैन थुप्रो
स्कुलको झोला बोक्दा
मेरो छोरा भइसक्यो कुप्रो
स्कुलको झोला छोराको
चुँड्छ घरी घरी
नखाइकन भए पनि किन्छु
मेरो छोराको झोला म त
दर्ुइ-दर्ुइ महिना गरी ।

 

http://www.gorkhapatra.org.np/mag.php?p=muna/2064/07/inner/inner9
Read Full Discussion Thread for this article