Posted by: shirish November 20, 2007
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        

Congratulations Nepe !

" त्यसैगरी सर्वोत्कृष्ट नव प्रतिभाका लागि स्वर्गीय डिल्लीराम तिमसिना २० हजार रुपैयां पुरस्कारका विजेता च्यात्न नसकिएको चिठी उपन्यासका लेखक डा. दीपक खड्का, सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार राशी १५ हजार रुपैयाँका पुरस्कारका विजेता गुहनाथ पौडेल, सर्वोत्कृष्ट हास्यव्यंग्य पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कारका राशी १५ हजारका विजेता शिवप्रकाश"  for detail scroll....

 

 

 

 

 

 

 

अनेसास डीसीमा पुरस्कार वितरण तथा देवकोटाको संझना


नेपालीपोष्ट प्रतिनिधि

वासिंड०टन डीसी, नोभेम्बर १८

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरले आइतबार दिउंसो भर्जिनियास्थित स्थानीय एक पुस्तकालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ति तथा सर्वोत्तकृष्ठ पुरस्कार समारोह कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै डीसीस्थित नेपाली दुताबासका नियोग प्रमुख कालीप्रसाद पोखरेलले अनेसासले परदेशमा रहेर नेपाली भाषा साहित्यलाई जिवन्तता दिने जुन प्रयास गरेको छ त्यसलाई मुक्तकण्ठले प्रसंसा गरेर मात्र नपुग्नु बताउनुभयो ।
यसलाई निरन्तरता दिन यहां रहेका दोस्रो र तेस्रो पुस्ताका लागि समेत जिवन्तता दिन नेपाली समाजलाई अझ सहभागीता गराउन र नेपालका महाकवि वा अन्य साहित्यकारहरुका बारेमा यहां जन्मे हुर्केका नेपालीहरुलाई समेत जानकारी गराउने वातावरण बनाउन समेत पोखरेलले अनुरोध गर्नुभयो ।
त्यसैगरी डीसी क्षेत्रमा मात्रै नेपालीहरुको संख्या दशौं हजार पुगिसकेको अवस्थामा नेपालीहरुले केही कार्यक्रम गर्दा समेत आफ्नै कम्युनिटी सेन्टर नभएको महसुस हुन थालेकाले यसको निर्माणका लागि नेपालीहरुले पहल गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा चलचित्र निर्देशक तथा गीतकार यादव खरेलले अनेसासले पुरस्कारका लागि उचित पात्रहरु चयन गरेको बताउंनुभयो ।
मान्छेको भाषा हरायो भने मान्छे हराउंछ भन्दै आफू नेपाली हुँ भन्ने अस्तित्वलाई जहाँ रहे पनि जिबन्त राख्न आफ्नो भाषा साहित्य माध्यम प्रमुख रहेको खरेलले बताउनुभयो । नेपालीहरुको अस्तितव विश्वमा जहाँ भए पनि नमासियोस् भन्दै जुन यहांहरुले प्रयास गर्नुभएको छ त्यसका लागि अनेसासलाई चलचित्र निर्देशक खरेलले बधाइ दिनुभयो । धवलागिरी अन्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्तकष्ट पुरस्कारका विजेता राशी १५ हजार नेपाली रुपैयाँ, अनेसासाका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले आफूले पाएको राशी धवलागिरी अंचलकै साहित्य क्षेत्रका लागि प्रदान गरेको बताउंदै निश्पक्ष र स्वतन्त्र ढंगले पुरस्कारको चयन गरेकोमा पुरस्कार निर्णायक समितिका संयोजक सुमनराज तिमल्सिनालाई धन्यवाद दिनुभएको थियो ।
त्यसैगरी पुरस्कार समारोहमा सहभागी हुन नेपालबाट आइपुग्नुभएका साहित्यकार श्रीओम श्रेष्ठ रोधनले नेपाली साहित्यका लागि विश्वका कुनै पनि भागमा रहेका नेपालीले नेपाली साहित्यप्रति गरेको योगदानको प्रसंसा गर्नुभएको थियो ।
उहाँलाई सर्वोत्कृष्ट बाग्मती अंचलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार राशी १५ हजार नेपाली रुपैयाँ प्रदान गरिएको हो ।
अर्का पुरस्कारका सहभागी युवराज नयाँघरेले कुनै पनि पुरस्कार ठूलो सानो नहुने हुनाले स्रष्टाहरुलाई पुरस्कारले थप ऊर्जा प्रदान गरेको बताउंदै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
नयाँघरेलाई भने सर्वोत्कृष्ट मेची अंचलका पुस्तकका लागि अनेसास सीता पाण्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार राशी १५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
अर्की पुरस्कार विजेता कमला प्रर्साईंले पनि आफू पुरस्कृति भएकोमा खुशी व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कारका विजेता डा. गोविन्दराज भट्टर्राईको उत्तर आधुनिक ऐना लाई सबैभन्दा ठूलो राशी एक लाख नेपाली रुपैयांको पुरस्कार प्रदान गरिएको छ । डा. भट्टर्राई भने कार्क्रममा आइपुग्नुभएको थिएन । त्यसैगरी सर्वोत्कृष्ट नव प्रतिभाका लागि स्वर्गीय डिल्लीराम तिमसिना २० हजार रुपैयां पुरस्कारका विजेता च्यात्न नसकिएको चिठी उपन्यासका लेखक डा. दीपक खड्का, सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार राशी १५ हजार रुपैयाँका पुरस्कारका विजेता गुहनाथ पौडेल, सर्वोत्कृष्ट हास्यव्यंग्य पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कारका राशी १५ हजारका विजेता शिवप्रकाश, सर्वोत्कृष्ट गण्डकी अन्चलका पुस्तकका लागि अनेसास गण्डकी अंचल सर्वोत्कृष्ट पुस्तक पुरस्कार धनराशी १५ हजार नेपाली रुपैयाँका विजेता क्षेत्रप्रताप अधिकारी, सर्वोत्कृष्ट नारायणी अंचलका पुस्तकका लागि अनेसास गोविन्द गिरी प्रेरणा सर्वोत्कृष्ट पुस्तक पुरस्कार रु १५ हजारकी विजेता रुकु कार्की, सर्वोत्कृष्ट जनकपुर अंचलका पुस्तकका लागि अनेसास ठाकुरप्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक १५ हजार रुपैया पुरस्कारकी विजेता प्रमिला शर्मा, सर्वोत्कृष्ट कोशी अंचलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार १५ हजार रुपैयाँका विजेता डा. खगेन्द्र प्रसाद लुइटेलको भने उपस्थिति रहेको थिएन ।
उक्त अवसरमा सर्वोत्कृष्ट धवलागिरी अंचल पुस्तकका लागि अनेसास रोहिणी सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासकै ट्रस्टी होमनाथ सुवेदीलाई नेपाली गीति कविताका लागि स्वर्गीय हरिभक्त कटुवाल स्मृति पुरस्कार कमला प्रर्साईंलाई, सर्वोत्कृष्ट बाग्मती पुस्तकका लागि श्रीओम श्रेष्ठ रोधनलाई र सर्वोत्कृष्ट मेची अंचल पुस्तकका लागि युवराज नयाँघरेलाई सोही कार्यक्रममा सम्मान तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि डीसीस्थित नेपाली दुताबासका नियोग प्रमुख कालीप्रसाद पोखरेलले प्रदान गर्नुभएको थियो ।
सोही कार्क्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा अनेसासका पूर्व अध्यक्ष बसन्त श्रेष्ठले महाकवि देवकोटा राजनैतिक र क्रान्तिकारी कवि भएको बताउंदै उहांले साहित्यप्रति गरेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
अनेसासका ट्रष्टी तथा पुरस्कार समितिका उप संयोजक भीम रेग्मीले अझै केही आंचलिक पुरस्कारहरु स्थापना हुन बाँकी रहेकाले कोही इच्छुक हुनुहुन्छ भने ती पुरस्कारहरुको स्थापना गर्ने जानकारी गराउंदै पुरस्कार छनौट प्रक्रियापछि केही झिनामसिना कुराहरु बाहिर आएको बताउंदै यस्ता कुराहरुप्रति वास्ता नगर्न अनुरोध गर्दै नेपाली भाषा साहित्यका लागि अनेसासले पुर्याउंदै आएको योगदानको चर्चा गर्नुभयो ।
डीसी मेट्रोका सभापति गोविन्द गिरी प्रेरणाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सभापति गोविन्द गिरीले आफैं रहेको संस्था भित्रका केही कुराहरुमा आफूलाई चित्त नबुझेको बताउंदै त्यस्ता कुराहरुप्रति आफूले विगतमा विज्ञप्ति समेत प्रकाशित गरेका कुराहरुलाई स्मरण गराउंदै संस्था पारदर्शी हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा क्रमशः होमनाथ सुवेदी, बसन्त श्रेष्ठ, भीम रेग्मी, कमला प्रर्साईं, बासु श्रेष्ठ, हस्त गौतम मृदुल, प्रेम संग्रौला, धर्ती पोखरेल, कविन्द्र सिटौला, पुरु सुवेदी, माया शर्मा, गोविन्द कल्पित, विशाल शाहले पनि आआफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रमबीचमै समस्यापूर्ती कविता प्रतियोगीता समेत संचालन गरिएको थियो । चार जना सहभागीमध्ये तीन जना क्रमशः माया शर्मा, गोविन्द कल्पित र विशाल शाह प्रथम, द्धितीय र तृतीय भएको घोषणा गरिएको थियो ।
प्रथम, द्धितीय र तृतियलाई गरी जम्मा २ सय डलर बराबर डीसी क्षेत्रमा रहेका सिटौला परिवारका तर्फबाट ८७ वषिर्या लक्ष्मीदेवी सिटौला, ८५ वषिर्य रघुनाथ सिटौला तथा ८० वषिर्या विष्णु सिटौलाका हातबाट नगद पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम संचालक डीसी मेट्रोका उपाध्यक्ष सुवास उप्रेतीले नेपाली भाषा साहित्यलाई जिवन्त दिने उद्देश्यले नै आफूहरुले यसरी नेपाली साहित्यिक कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
कार्यक्रमको शुरुमा प्रमुख अतिथि तथा कार्यक्रमका सभापतिद्धारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्यपण गरिएको थियो ।

सोही कार्यक्रममा गत भानु जयन्तीका अवसरमा सम्पन्न कविता प्रतियोगीतामा पुरस्कृति कविहरु भगवान भण्डारी, माधवप्रसाद रेग्मी, र तृतीय हुनुहुने डिगबहादुर तामाङलाई बीस बीस डलर प्रदान गरिएको थियो । त्यसैगरी भानु जयन्तीका अवसरमा सम्पन्न बाल कविता गोष्ठीमा प्रथम हुने मुकेश घिमिरे, द्धितीय हुने निकेश घिमिरे र तृतीय हुने आशिष सिटौलालाई समेत पुरस्कार प्रदान गरिएको थियो ।


Read Full Discussion Thread for this article