Posted by: nepal_rocker November 20, 2007
अंश नपाउँदा बाबु-आमाको हत्या
Login in to Rate this Post:     0       ?        

अंश नपाउँदा बाबु-आमाको हत्या

काठमाडौँ, -महानगर) । बाबुले अंश नदिएको रिसको झोँकमा उदयपुरका एक युवकले गएराति आफना बाबु-आमाको हत्या गरेको छ ।

प्राप्त घटना विवरणअनुसार उदयपुर आँपटार गाविस-२ बस्ने २१ वषर्ीय डिल्लीबहादुर रायले गएराति आफना ४४ वषीय बाबु देवबहादुर राय र ४० वषीया आमा तीथ मायालाई बन्चरो र ढु•ाले हानी हत्या गरेको छ ।

बाबुले अंश नदिएको रिसको झोँकमा डिल्लीले बाबुलाई बन्चरो प्रहार गरी हत्या गरेको छ भने आमालाई ढुगाले हिर्क्याई हत्या गरेको प्रहरीले जनाएको छ ।

सो घटनापछि स्थानीय गाउँलेले अभियुक्त डिल्लीलाई समातेर बिहान प्रहरीलाई बुझाएको बताइएको छ ।

Read Full Discussion Thread for this article