Posted by: Rahuldai November 19, 2007
गुच्चा खेल्न मन लाग्यो!
Login in to Rate this Post:     0       ?        

गुच्चा खेल्न मन लाग्यो!

आमा! लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।


ह्वाग्रा** खेल्दा खेल्दै बाहुलाले नाक पुछ्नुको आनन्द,
पाङ्ग्रा गुडाउदै खस्केको कट्टु तान्नुको आनन्द,
मैले यो देशमा
यो परदेशमा
यो उमेरमा,
यो अंधेरमा
 रोजेर कहाँ पाउनु?
खोज्न कहाँ धाउनु?

आमा फेरि पनि,
तेल कासा खेल्न मन लाग्यो,
झेल गर्ने पासा खेद्न मन लाग्यो।
पानदस* मा तुहुउ तुहुउ कराउदै
गाब:दोब** मा आसरा दिदैं
फेरि एक चोटी पारी जित्न मन लाग्यो
आमा, लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,

नाराँचाको बारीमा अंबा चोरेर स्वाद,
हाराँचाको भर्‍याङ चोरी शिबरात्री मनाएको याद
अझै ताजा छ,
त्यसैले फेरि,

 एकपटक यो राहुले बच्चा हुन मन लाग्यो
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।

*( डन्डि बियो)

**गुच्चाको एक खेल

 

Read Full Discussion Thread for this article