Posted by: Deep November 19, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

ट्वाक फर्केर आउँदा मैले त्यो बाटा छेउका सबै बुटाहरु उखेल्ने काटने गरी सक्या थेँ। --

 

त्यो दिन त्यस पछी चेतनाको कुरालाई यता र उता बाट बुझ्दै बित्यो। प्रकासको बारेमा उस्लाई किन पिर -- लाग्ने नै भए शोभालाई लाग्नु पर्ने दुख। मैले बाङ्गेलाई किन "कन्टोल" गर्नी? मेरो चै भुमीका के हो? सबै गोलमाल भो - जति सोच्यो त्यति यो पनि हो जस्तो त्यो पनि हैन जस्तो। राती त भुसुक्कै भएछु -- बारीको कामले थाकीएछ क्यार। सपना पनि देखें देखिन था भएन।

 

पशपति जानु पर्ने आज -- आफु जानेको उत्साह त थियो नै ट्वाकको मिल्ने नमिल्ने को पिर पनि थ्यो। हिंजो पाल टाङ्ग्ने उस्को बारीमा काम गरेर मैले म उस्को काममा मदत गरम्ला भन्ने मेरो बचनको एउटा झल्को देकै थिएँ। तै पनि फेरी बे को रुमलोमा उस्को र मेरो प्राथमिकता नबाझ्ला भन्न सकिन्न थ्यो।

 

बाङ्गेलाई अत्तो पत्तो थिएन मेरो प्रस्ताबित पशपती भर्मण बारे। झन पक्का साथि भनेको त्यसरी छल गर्नु पर्दा मनमा कता कता खल्लो चै लागेकै थ्यो। हुन त मैले त्यसो गर्नु पर्या त्यै भातेको भन्नै नसकिने बेहोराले गरेर हो। कुन बेलामा उस्ले के भन्ने हो गर्ने हो त्यस्को कुनै भरोसै थिएन।

 

बाङ्गेकहाँ जादै गर्दा हाडीगाउँको प्रख्यात दृस्य जता ततै ब्याप्त थियो -- भारा भुरीहरुले "आयो" भने हुन अनि बा-आमाले पनि "जान त सटकाँ" भन्या होलान् -- त्यसैले सधैं झै सडक छेउमा यता तिरका "रेस्ट रुम" मा झैं केटाकेटीहरु सडकको रमरमाईलो हेर्दै आफ्ना साथिहरु सँग कुरा गर्दै आ-आफ्नो कर्म गर्दै थिए। छेउमै एक दुईटा भुस्या कुकुरहरु वेटिङ्ग लिस्टमा देखिन्थे। त्यो देख्ना साथ पिच्च थुकिहालियो सधैं झै -- थुक्नु के थियो बाङ्गेको संबाद सम्झें --त्यस्तो दृस्यमा कसैले थुके बाङ्गेले भन्ने गर्थ्यो "तँलाई कस्ले चाख भन्या थ्यो र?" --

 

 बाङ्गे काँ पुग्या कुबेरले "दाई त सुतिरहनु भा छ" भन्यो। यस्तो मध्य दिउँसो त सुत्दैन थ्यो कैलेई। उस्को कोठाँ पुग्या सिरक ओडेर डल्लिरा रे छ --

 

"के आँटिस ए अघोरी यो दिउँसो सिरक मुनी?" कोठा भित्र पस्दा पस्दै सोधें मैले।

 

"मान्छेलाई यहाँ कस्तो भै रा छ अझ -- अघोरी र सघोरी भन्दा त लात्तले ऐले ढोका बाहीर पुर्याईदिन्छु अनि --" उस्ले सिरक भित्रै बाट बोल्यो।

 

"केले भेट्यो तँलाई?" मैले सोधें।

 

"यो मारोगी जोरोले हिंजो राती देखि नै ज्यान हल्लाई रा छ -- क्या जाडो हुन्छ  यार बेला बेलाँ लग लग पार्छ अनि त जोरो बढ्ने -- राती पनि सुत्नै पा छैन त्यै तुर्कीस्तान सम्म जान पनि रिंगटा लागेर बबाल" उस्ले सिरक बाट टाउको निकाल्दै भन्यो।

 

"उठन त स्याँ स्याँ रे छ तँलाई अझ अघि लात हानेर -- काँ सम्म रे? मलाई ढोका बाहीर पुर्याउने कुरा गर्थिस त -- तँ आफै त ढोका बाहीर सम्म जान ज्याङ्गो स्टाईलमा जानु पर्ने होला -- " मैले सुनाएँ। त्यस्काँ ज्याङ्गो नाम गर्या कुकुर थ्यो पाल्या।

 

"ठिकै छ बाबु यस्तै रे छ जिन्दगी -- जोरो आएसी साथिले नी हेप्ने रेछन -- सम्झिम्ला म -- मेरो पनि आउला नी पालो कुनै दिन " उस्ले सुनायो।

  

"सिटामोल खाईनस त?" मैले सोधें।

 

"खा हो -- खायो अलि घटछ फेरी उस्तै --" बाङ्गे बोल्दै थ्यो उस्की आमा गिलासमा टन्न बुस्ट बोकेर आईन।

 

"ए बाबु, हेरन यस्लाई त जोरो आएछ -- यस्तो चिसो छ -- राम्रो लुगा पनि लाउँदैन -- राती राती नहिन भन्यो पनि मान्दैन -- अब चिसोले समत्या जस्तो छ --" उनले मलाई हेर्दै भनिन र गिलास टेबलमा राखिन।

 

"खान्न म त्यो बुस्ट सुस्ट -- " बाङ्गेले झर्केर भन्यो।

 

आमा चै खा भन्नी बाङ्गे सोम नाई भन्नी एक छिन किचलो भयो। अनि "ल बाबु तँ यस्लाई यति ख्वा जसरी भए नी" भन्दै आमा चैं निस्किन बाहिर।

 

" तैले खतम गरीस नी यार" मैले भनें।

 

"के? तर जे भए यो बुस्ट खान्न म" उस्ले अझै कडा स्वरमै भन्यो।

 

"बुस्ट त खा कि नखा मलाई के मतलब --" मैले भने पछि उस्ले सोध्यो "अनि के कुरा गर्या त?"

 

"आज झन तँलाई ऐले पछि पसपती लिएर जाम्ला भनेर आको त बोरै गरीस नी" मैले सुनाएँ। अब उ नजाने छाँट भएसी मैले हिन कि हिन भनेर कर गर्नु पर्यो परेन?

 

"आज पशपति जाने दिन हो र?  त्यो पनि दिउँसै-- के बाँदर हेर्न जानी? " उस्ले अलि अचम्म मानेर सोध्यो।

 

"हेर्न त हेर जस्लाई जे जुर्या छ तेई हेर्नी हो -- तँलाई जुर्या तेई बाँदर रे छन भने त्यही हेर्लास मलाई त तरुनीको आमन्त्रण छ र जान ला -- तँ पनि गति पर्लास भन्या भाग्गेमा नभएसी डोकाँ दुध दोएर नअडने रे छ त" मैले "तरुनी" र "आमन्त्रण" अलि जोड दिएर भनें।

 

उस्ले छक्क परेर हेर्यो मात्रै।

 

मैले थपें "त्यो अस्ति कि चाबेल तरुनी -- कबिता के त पशपतिमा चन्दन माग्या -- सुपारी पुर्याउन गा थेन कत्ति न जान्ने भेर? -- के के न गरम्ला भनेर गा होला -- उस्लाई केई न केई उल्टो मलाई आज पसपति पठाईदिनु भनी छ केटीले बुझिनस सुपारीलाई? -- त्यो केटीको मामाहरुले बत्ती बाल्ने रे क्या त्याँ पसपतिमा आज-- तँलाई पनि लिएर जाम्ला भनेर आ यसरी शिबदाई ट्वाँट लार सडकाँ लड्या जसरी ओछ्यानाँ त ढ्लया रे छस -- बोरै भो नी।"

 

उस्को अनुहारमा चमक र पिडा दुइटै चम्किए।

 

"कति खेर जाने?" उस्ले सोध्यो।

 

बज्या आउला भन्ने पिर पो भो -- मैले भने "एक छिनमा जाने हो"।

 

"को सँग जान ला नी?" उस्ले फेरी सोध्यो।

 

"खै अब को सँग सँग -- जानी भन्या तँ -- लम्पसार -- ट्वाकको घराँ बे छ भन्छ अब  उसैलाई भनी हेर्छु -- कोई नभए एक्लै भए नी जान्छु नी अब -- के गर्नु?" मैले उस्लाई जोरो आएर मलाई नोक्सान भो कि झै भनें।

 

"जान्छ्स एक्लै -- त्यै पसपतिको सिढींबाट गुड्क्याएर एकै चोटी ब्रम्हनालाँ पुर्याईदिन्छन अनि -- बत्ति बाल्न आ मान्छेहरुलाई आँखा झिम्क्याउन थालेसी" उस्ले साबधान गराए झैं गरी भन्यो।

 

"के गर्नी त अब-- तँलाई नी फेरी यै बेला जोरो आउनु पर्यो" मैले भनें।

 

सुतीरा बाङ्गे उठेर बुस्ट त घ्वाट घ्वाट।

 

गिलास टेबलमा राखेर " ल हिन-- म अब तङ्ग्रेँ" भन्छ बा। मारेन के?

 

"हैन म ठिटी हेर्न जान ला मान्छे बिरामी बोकेर नी जान्छन कोई -- म चैं तरुनी हेर्नी के तेरो पसारो? -- " आजै लास्ट ट्याम त हैन नी -- अर्को चोटी जाम्ला तँ र म -- ऐले मैले तँलाई लिएर गएँ भने यहाँ आमाले मार्दीनन? चाहिने कुरा पो गर्नु पर्छ" मलाई डरै डर भन्या बाङ्गे साँच्चिकै आउला भनेर।

 

"फेरी रिंगटा लाग्ला जस्तो भो यार --" उठिसक्या बाङ्गे ओछ्यानमा बस्यो। मलाई अलि त ढुक्क त भो तर मलाई साथि रे भनेर उ जोरो आको बेलामा पनि जान तयार भएको देखेर एक किसिमको राम्रो पनि लाग्यो अनि आफ्नो छल देखेर आत्मग्लानी पनि।

 

"खै म जान सक्तिन जस्तो छ -- एक्लै जाने काम चै नगर है -- सकेसम्म ट्वाकलाई लिएर जा नभए त्यो सिखण्डी सुपारीलाई लिएर भए पनि जा" बाङ्गेले सुझाब दियो।

 

"ल ल म हेरेर गरी हाल्छु नी -- म सुनाउँला नी तँलाई के के भो भनेर -- ल तँ अब रेस्ट गर" भन्दै म उठें।

 

"अहिलै गै हाल्ने हो र?" उस्ले सोध्यो।

 

"अहिलै त हैन -- पैले ट्वाक काँ जान्छु -- एक छिन पछि जाने हो --" मैले ढोका तिर बढ्दै गर्दा भनें।

 

"सके भनें म नी आम्ला --" म निस्किदै गर्दा उस्ले भनेको सुनें।

 

"पर्दैन पर्दैन तँ आरम गर" भन्दैं ओर्लिएँ म उस्को त्यो घुमाउरो भर्याङ्ग।---

Last edited: 19-Nov-07 12:59 PM
Read Full Discussion Thread for this article