Posted by: deeps November 17, 2007
आफ्नै आँगनमा हग्नेहरूको नाम सार्वजनिक
Login in to Rate this Post:     0       ?        

घटना र विचार साप्ताहिकबाट साभार

पश्चिमाञ्चलको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन बहुमुखी क्याम्पस शैक्षिक माफियाका कारण अस्तव्यस्त बनेको स्वतन्त्र विद्यार्थी युनियनले आरोप लगाएको छ । क्याम्पस यसरी अस्तव्यस्त हुनुमा नेपाली जनताको रगतपसिनाबाट जम्मा भएको राजस्वबाट तलब खाने क्याम्पसका प्राध्यापक नै रहेको निष्कर्ष पनि स्ववियुले निकालेको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु सभापति मोतीलाल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाएअनुसार ५६ जना प्राध्यापकले उक्त क्याम्पसलाई तहसनहस गराएका हुन् । वक्तव्यमा जनाइएअनुसार केही वर्षअगाडिसम्म नेपालमै गौरवमय इतिहास बनाउन सफल भएको क्याम्पस हाल आएर शैक्षिक माफियाको चङ्गुलमा डुबेको छ । क्याम्पसको शैक्षित स्थिति दिनप्रतिदिन बिग्रँदै गएकोमा स्ववियु अब मौन बस्न नसक्ने जनाइएको छ । क्याम्पसको स्तर किन खस्कियो भनी छलफल गर्दा जो-जसले क्याम्पसबाट आफ्नो प्रतिष्ठा कमाएका थिए उनीहरूले नै क्याम्पसलाई भन्दा आफ्नो निजी क्याम्पसलाई ध्यान दिएको भन्ने निष्कर्ष निस्किएकोले स्ववियु बाध्य भएर त्यस्ता व्यक्तिको नाम सार्वजनिक गर्नुपरेको जनाइएको छ । www.palpaonline.com (more…)  

Read Full Discussion Thread for this article