"के पुण्यको काम गरीस?" मैले सोधें। --
"हैन अब त्यो सोमलाई यत्तिकै नाकाँ एक सट हानिएछ कि जस्तो लाग्यो क्या -- सुपारीले भनेको पनि हो -- केटो कुरा त राम्रै गर्दैथ्यो -- फेरी न चेतना मेरी न शोभा तातो न छारो सँग मलाई जाई लाग्नु पर्ने त केही थिएन -- अनि तैंले पनि भन्या हैन शोभाले त्यो केटा उस्को चै साथि भनी रे चेतनाको हैन अनि ट्वाकले सपना देख्ने फेरि शोभाकै रे भनेर? अनि यता आको तर खै के के हो के के --" बाङ्गेले निक्कै राम्रो कुरा गर्यो। सपना राम्रो देखेछ क्या रे राती।
"अनि यता के गर्ना आ त? -- त्यो अघि घर भित्र जाँदै गर्या शोभा हो --? " मैले सोधें।
"अँ अब हान्या सट त फिर्ता नहुने -- उसैलाई सरी भन्न जानु भन्दा यता ठीटीलाई भन्न पाए एउटा ढुङ्गोले दुईटा चरा ढल्थे कि भनेर आ -"
"ढालिस त चरा?" मैले उस्कै कुरामा प्रस्न राखें।
"ढुङ्गो त हानें खै टुङ्गोमा चै लाग्यो लागेन था छैन -- शोभा त्याँ भिमसेनथान बाट आउँदै थिई बुझिनस? अनि अब मैले यस्सै तिम्रो साथिलाई गोलमाल भएर हिर्काएछु --त्यै भएर म त अब तिमीलाई सरी भन्नु पर्यो--साथि त तिम्रै रे छ-- --उसलाई नी सुनाइदेउ मेरो सरी भन्दै कुरा सुरु गर्नु पर्यो अनि मौका मिलेछ भने ट्वाकको कुरा पनि सुनाईदिन्छु भनेर पछि लाग्या उ त्यो मोड तिर आएसी "किन पछी लाग्या?" भनेर सोधी--अनि मैले त्यै सरीको कुरा भनेँ है -- उ त "मलाई किन सुनाई रा त?" भन्छे बा! तिम्रो साथि भन्या हैन त? भन्या "कस्ले भन्यो?" भन्छे उल्टो -- दिमाग घुम्यो नी ब्यान ब्यानै मेरो -- अनि जे होस भनेर ट्वाकले तिमीलाई सम्झिरहन्छ -- तिम्रो बयान गरेर ट्वाक थाक्दैन सुनेर हामी थाकी सकेम लौ न केई उपाय भए गर्देउ भनेर सुनाई दिएँ" बाङ्गेले सबिस्तार सुनायो।
"अनि?" मैले सोधें।
"त्यो ट्वाकको कुरा सुनाए पछि टक्क अडी अनि "खुब होला" भन्दै छिरी भित्र -- तँ त्यै बेलाँ आईपुग्या त होला नी" बाङ्गेको कुरा सकियो।
"त्यो ट्वाकले उस्को कुरा कसैलाई नभन्नु भन्या थ्यो --मैले तँलाई झन खुसुक्क भन्दें -- जान्ने भएर त्यो केटीलाई किन सुनाईस?" ट्वाक भडकेला कि भन्ने पीर आफुलाई।
"जुन तरुनी मन पराको हो उसैलाई नभनी के गरेर लभ पर्छ त? उस्ले भन्न नसक्ने -- खाली चुरोट तान्दै तरुनी त च्वाँक हो यार के गरी हात लाउने होला भन्दैमा के हुन्छ? खाली तन मनलाई मात्रै सास्ती -- तरुनीलाई थाह त दिनु पर्यो नी -- हुन्छ भने ठिकै छ नभने अर्की हेर्नु पर्यो -- एउटी केटी हेर्यो हरे! हरे! भन्यो यता -- उ अर्कै सँग हिन्दिन्छे भरे अनि फेरी चुरोट तान्यो--सेन्टी गीत सुन्यो बस्यो -- त्यस्तो तालले नी हुन्छ?" बाङ्गे झण्डै जंगियो।
कुरा त बाङ्गेले मनासिब गर्या हो खाली ट्वाक म सँग "किन भनिस" भनेर रिसाउला र पसपति नजाला भन्ने डर मात्रै हो मलाई-- पसपतीको काम सकिए पछि बाङ्गेले ट्वाकको खबर सुनाईदेको भए हुनी शोभालाई भन्ने लाग्यो।
"कुरो त ठिक हो बाङ्गे -- तर तैंलाइ पुण्यको काम गर्न किन हतार भयो भन्या के" मैले भनें।
"मैले नगरे कल्ले गर्ने? तँलाई आफ्नैले फुर्सद छैन -- सुपारी सुपारी भै हाल्यो -- ए अँ सुपारीको बयान सुनीस?" उस्ले सोध्यो।
"सुनेँ -- त्यस्तो केही छैन --misunderstading भाको रे छ-- ठिक छ" भनें।
"ल तेरो कुरो तैं जान -- अनि त्यै हो --हामी साथिहरुले एक अर्कोलाई नगरे कल्ले गर्छ?" उस्ले भन्यो।
के हुन लाग्या यो भन्या जस्तो लाग्यो मलाई चैं -- ट्वाक उस्को बैनी पर्ने मलाई खुला छोडदिने -- अझ उकासी उकासी--म पनि ट्वाकको काम गर्दिन खोज्ने --सुपारी मेरै गुनगान गर्दीनी उसैले तरुनी पुर्याउँदा पनि-- बाङ्गे ठीटीसँग ट्वाकको सिफारीस गर्ने -- यो सदभाव यसरी उर्लेर केई अनिस्ट गर्ने त हैन? मनमा लाग्या कुरो त्यस्तो के मेरो।
मैले गर्छु भन्या काम बाङ्गेले गर्देछ राम्रै भो। भोली पसपतीको कुरा बाङ्गेलाई भन्छु भन्दा भन्दै पनि सकिन। घर तिर फर्किदै गर्दा मैले बाङ्गेलाई शोभालाई उस्ले के भन्यो त्यो कुरा ट्वाकलाई मैले भन नभने सम्म नभन भनें। "म कुरा मिलाउँछु अनि सुनाउनु तेरो पुण्यको काम ट्वाकलाई" भनेँ। उस्ले मान्यो।
घराँ भात सात खाएर ट्वाक कहाँ पुगेँ। आफुलाई त धुन चढ्या थ्यो -- घर पछाडी बारीमा भोजको लागी ठाम बनाउने पाल टाङ्ने कुरा रे छ त्यै बारी फाँडने काम पाएँ मैले। आफ्नो घराँ काम लाउलान भनेर भागी भागी हिन्थें यता अर्का घराँ काम लाउँदा म दङ्ग। तरुनीको पेच त्यस्तो हुने रे छ।
ट्वाक र म भएर काम गर्दै थिम। उ चैँ आउने जाने गर्दै थ्यो। एक छिन पछी ट्वाकको भाई र चेतना पनि त्यै आए। चेतनाको अघि झन जोस्सी जोस्सी काम गर्दै थिएँ म। ट्वाकलाई घराँ बोलायो उ गयो। भाई चै बारीमा यता र उता दौडिदै खेल्दै थ्यो।
"कबिताको के छ नी हालखबर?" चेतनाले सोधी।
"मलाई के था? तिम्रो नातेदार तिमी भनन" मैले भनें। चेतनाकी दिदी हो की बैनी हो कबिता मलाई था थेन।
"आफ्नो नातेदार बनाउन ला होला अनि" उस्ले सुनाई।
उस्को कुरा मैले सुनेको पनि थिएँ, सायद बुझेको पनि तर बुझ्न पुगेको थिएन।
"के भन्या त्यस्तो?" मैले सोधें।
"ल ल मलाई था छ त्यस्तो innocent त केही हुनु पर्दैन।" उस्ले भनी।
"साँचि, के छ कबिताको हालखबर?" मैले जिस्काउँदै उस्लाई सोधें।
"थाह छैन मलाई" उ झर्की।
"कस्लाई सोधम त उसो भए -- बाङ्गेलाई सोध्नु पर्ला" मैले उस्ले सुन्ने गरेर भनें।
उस्ले मलाई एक छिन घुरेर हेरी -- पछाडी कोई छ कि भन्दै हेरेर भनी "त्यो बाङ्गे त नर्कमा जान्छ।"
"किन?" मैले सोधें।
"किन कुटेको प्रकासलाई त्यस्ले?" चेतनाले सोधी।
"को प्रकास?" मैले बुझें क्यार तै पनि सोधें।
"आफ्नो साथिलाई अलि control गर्नु नी -- उस्को आँखा उदास भए" -- उस्को भाई उ सँगै आयो र घर जाने कुरा गर्यो। दुईटै हिने। मेरा आँखाले चेतनालाई पछ्याई रहे- उस्ले एक चोटी फेरी फर्केर हेरी -- मैले आफैले आफैलाई भनें "ब्यान बांग्गेले जसलाई सरी भन्नु पर्ने हो उस्लाई भनेनछ क्यारे"।
ट्वाक फर्केर आउँदा मैले त्यो बाटा छेउका सबै बुटाहरु उखेल्ने काटने गरी सक्या थेँ। --
(साथिहरु --अब म यो बाटो शनिबार आईतबार आउन भ्याउन्न होला त्यसैले अर्को भाग पनि आजै हतार हतार पाठकार्पण गर्देको -- -- सप्ताहन्त सुखद होस -- सोमबार सायद भेट हुन्छ कि?--)