Posted by: Madness November 15, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

पर्वतेके लागि हमि बिभिन्न सटाइलमे लिखेछ-

 हम्रो आँरिजिनैल नेपाली-   अरे राहुल भैया, अथि गावँ जानेको हमि टिकेट पाएन हुजुर। त वहि बात से हमि उ जो एक्टा मुहावरा छ वहि याद करके बैठे छु ' मन चङ्गा है तो लोटवामे गङ्गा है'। वहि हुजुर ठिक बुझेछ बागमति हि को गङ्गा सागर दुध सागर सब सागर बनावने। पर हमि अस्नान करनेको सटाएल थोडा चेन्ज कर्छ हुजुर। कहाँ काठमान्डो के जाह्रो हुजुर, हमि उ जो बागमतिके पानी जो छ, उ को हमि गागर मे भरके पहले घर लियावँछ, उकरके बादमा ब्वायल कर्छ और ठोडा कम गरम होनेको बादमा नहावँछ।

अरे हरिया कथि हालखबर छ? किधरको गायब भएको?

शुद्ध नेपाली - ओहो राजुल दाई, मैले गाउँ जाने बसको टिकट पाइन। त्यसैले टिकट नपाएको अवस्थामा कुनै पुरानो हिन्दि उखान सम्झेर बसिरहेको छु। ' मन चन्गा है तो लोटे मे गङ्गा है'। हजुर, तपाइँले ठिक कुरा बुझ्नुभयो, अब मेरो लागि बागमति नै दुधसागर हुने भयो। तर म नुहाउने तरिका चाहिँ अलि फरक पार्छु यसपालि। पहिला बाग्मतीको पानी गाग्रिमा भरेर घर ल्याउँछु, तताउँछु अनि नुहाउँछु।

ओहो हरि के छ हालखबर? कता हराएको?

पाहाडि नेपालि-  लहेर्नोस इ राहुल दाई मैले गाम जाने बसा टिकट पा भए मार्दिनु। त्याँसि टिकट नपाको झोकमा तादिनै हाम्रा गामामा सुन्या बटौलि तिरा हिन्दि उखान सम्झेर बसिया छ।' मन चङ्गा है तो लोटे मा गङ्गा है'। ठ्याक्कै समात्नुभो नि हउर ले कुरोकन्त बुझेर, हाम्रा लागि त दुधसागर भनेर नि जे भने नि यहि बाग्मती भो अब। तर न्वाउने पारा चाइँ अलि फरक पारिन्छ यो साल। बागम्तिको पानि गाग्राँ भरेर मजाले तताएर न्वाउने हुम्।

पुर्वेलि नेपाली - आपुइ नि राहुल दाजु, गाउँ जाने टिकट पाएन कि मैले अन्त टिकट नपाएर साह्रो चिन्ता लागेर पुरानो हिन्दि उखान सम्झेर बसिराको म।छ।' मन चङ्गा है तो लोटे मा गङ्गा है'। दाजुले कुरो चाहिँ मज्जाले बुझ्यो ल, म त बागमति नुहाएर दुधसागर सम्झेर बस्ने बिचार गरेकोन्त। तर नुहाउन चाहिँ अलिक फरक किसिमले नुहाउने बिचार गरेको छु हौ। पहिला कि गाग्रि भरेर बाग्मतीको पानी घर हुँदि लाने कि, अन्त तताइवरि मजाले भरै सेलाएपछि नुहाउनेन्त।

Read Full Discussion Thread for this article