Posted by: SadhanaSharma November 14, 2007
ईच्छा
Login in to Rate this Post:     0       ?        
साहित्यको सरितामा डुबुँ डुबुँ लागेको छ
नौलो कृति पढ्ने मन भित्र भोक जागेको छ
देवकोटालाई प्रत्येक प्रात: पुज्न शुरु गरुँ कि म
भोलि उनीजस्तै बन्ने आज रहर लागेको छ

घिमिरेको " वैशाख" जस्तो मैले कैले लेख्ने होला
भूपिले झैं सुन्दर "मेरो देश" लाई कैले देख्ने होला
भानुभक्तजस्तै प्रेरक कहिले बन्न सकुँला र ?
साकार उनका स्वप्नालाई पार्न मनलागेको छ

साहित्यको आकाशमा जून बनी जगमगाउने
साहित्यकै धरतीमा फूल बनी मगमगाउने
आकांक्षा छन् धेरै मेरा स्वरुप पनि लेलान् कि त
कसैलाई छिटै गई सोध्ने इच्छा जागेको छ ।।

Last edited: 16-Nov-07 09:22 AM
Read Full Discussion Thread for this article