Posted by: Amazing November 14, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

वैदेशिक व्यापारमा उच्च दरको वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौं, कार्तिक १७ - आर्थिक वर्ष२०६३/६४ मा वैदेशिक व्यापार साढे १६ प्रतिशत वृद्धि भएको व्यापार तथा निकासी पर््रवर्द्धन केन्द्रले जनाएको छ ।

उक्त अवधिमा २ सय ५६ अर्ब ७५ करोड रुपैया“को व्यापार भयो । कुल वैदेशिक व्यापारमा निकासी घटेको छ भने पैठारी वृद्धि भएको छ । केन्द्रका अनुसार निकासी १ दशमलव २ प्रतिशत घटेर ५९ अर्ब ७ करोड र आयात २३ प्रतिशत बढेर १ सय ९७ अर्ब ६८ करोड रुपैया“ पुग्यो ।

केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरी उक्त तथ्यांक र्सार्वजनिक गरेको हो । कुल व्यापारमा भारतको हिस्सा ६२ दशमलव २ र समुद्रपारको ३७ दशमलव ८ प्रतिशत छ । भारतले निकासीमा ७० दशमलव ९ प्रतिशत र पैठारीमा ५९ दशमलव ६ प्रतिशत हिस्सा ओगटेको छ ।

समुद्रपार निकासीमा अमेरिकाले ३२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । जर्मनी १५, बेलायत ६, प|mान्स ५, इटाली ४ र जापानले ३ प्रतिशत स्थान ओगटेका छन् ।

समुद्रपार निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक, छाला, हस्तकला सामान छन् ।

चिया, अलैंची, मुसुरोको दाल, कफीजस्ता कृषिजन्य वस्तुको निकासीमा पनि उल्लेख्य वृद्धि भएको केन्द्रले जनायो ।

कुल निकासीमा र्सार्क क्ष्ँेत्रको योगदान ७२ दशमलव ५ प्रतिशत छ । आयाततर्फर्सार्क क्ष्ँेत्रले ५९ दशमलव ९ प्रतिशत हिस्सा ओगटेको केन्द्रले जनायो ।

केन्द्रका कार्यकारी निर्देशक दिनेशचन्द्र गुप्ताले परम्परागत वस्तुका अतिरिक्त संगीत सामग्री, हाते फेब्रिक, च्याउ, सिन्थेटिक फिलामेन्ट धागो, खेलौनाजस्ता नया“ वस्तु पनि निकासी हुन थालेको जानकारी दिए ।

उक्त अवधिमा १ सय २२ मुलुकमा नेपाली सामान निकासी भएका छन् । मौरिटानिया, सेसिल्स, स्वाजिल्यान्ड, युगान्डा, एन्डोरा, बेलिज र सुरिनाम नया“

बजारका रूपमा विकास भएको गुप्ताले बताए ।

समीक्षा अवधिमा कुल व्यापार घाटा ३७ दशमलव ४ प्रतिशत वृद्धि भई १ सय ३८ अर्ब ६१ करोड रुपैया“ पुगेको छ । व्यापार घाटा कम गर्न सरकारी तथा निजी क्ष्ँेत्रले समसामयिक रणनीति निर्माण गर्नुका साथै विदेशस्थित नेपाली दूतावासलाई आर्थिक कूटनीतिमा बढीभन्दा बढी संलग्न गराउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।

केन्द्रका अनुसार ऊनी गलैंचाको निकासी १० दशमलव ४ प्रतिशत घटेर ५ अर्ब ३० करोड रुपैया“मा सीमित भएको छ । यसका प्रमुख बजार जर्मनी, अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, क्यानडा हुन् ।

तयारी पोसाक २७ दशमलव ५ प्रतिशत घटेर ३ अर्ब ९५ करोड रुपैया“ बराबरको निकासी भएको केन्द्रको तथ्यांकमा छ । अमेरिका, बेलायन, जर्मनी, प|mान्स, क्यानडा यसका प्रमुख बजार हुन् ।

छालाको निकासी ६ प्रतिशत घटेर २७ करोड ४६ लाख रुपैया“, हस्तकला सामानको निकासी झन्डै ४० प्रतिशत घटेर ४२ करोड १५ लाख, चा“दीका गहनामा २६ प्रतिशत वृद्धि भई ३७ करोड ७० लाख, ऊनी तथा पस्मिनाका सामानमा ७ दशमलव ४ प्रतिशत वृद्धि भई १ अर्ब ७९ करोड रुपैया“ पुगेको छ ।

नेपाली कागज र कागजका सामान ५ प्रतिशत घटेर ३६ करोड ५ लाख रहेको छ । चिया २४ प्रतिशत वृद्धि भई १२ करोड ३६ लाख रुपैया“ बराबर निकासी भएको छ । मुसुरोको दाल १ सय ३७ प्रतिशत वृद्धि भई ४५ करोड ४२ लाख र अलैंची शून्य दशमलव ४ प्रतिशत वृद्धि भई ११ करोड ४८ लाख रुपैया“को निकासी भएको केन्द्रले जनायो ।

समुद्रपार पैठारी ७९ अर्ब ९३ करोड रुपैया“ रहेको छ । समुद्रपारबाट पैठारी भएका वस्तुमा कच्चा पाम आयल, कच्चा सोयाबियन आयल, पोलिथिन ग्रानुअल्स, रेप सिड, दूरसञ्चार उपकरण, ऊन, कम्प्युटर तथा पार्टपर्ुजा, न्युजप्रिन्टको कागज, सवारी साधन, मेसिनरी पार्टपर्ुजालगायत छन् ।

केन्द्रका अनुसार भारतबाट पैठारी भएका वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा २८ दशमलव ५ प्रतिशत छ । समीक्षा अवधिमा यो ३३ अर्ब ५५ करोड रुपैया“ थियो ।


Read Full Discussion Thread for this article