Posted by: Amazing November 14, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

पढ्न सहयोग

कास

काठमाडौं, कार्तिक २७ - विश्वविद्यालय अनुदान आयोगले यसै वर्षबाट विद्यार्थीलाई अनुदान र ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

आयोगले यस वर्ष पश्चिमाञ्चल र सुदूर-पश्चिमाञ्चल क्षेत्रका ६ सय विद्यार्थीलाई यो सुविधा प्रदान गर्नेछ । आयोगका अनुसार आर्थिक रूपमा विपन्न, पिछडिएका महिला, दलित, आदिवासी, जनजाति समुदायका विद्यार्थीलाई दस जोड दुई र स्नातक तह अध्ययनका निम्ति ऋण अनुदान दिइनेछ । विश्व बैंकको सहयोगमा अनुदान आयोगअन्तर्गत यो व्यवस्था गरिएको हो । कार्यक्रम कार्यान्वयनका निम्ति आयोगले 'विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति' समेत गठन गरेको छ ।

आयोगका अध्यक्ष डा. कमलकृष्ण जोशीको अध्यक्षतामा गठित समितिले बैंकमार्फत विद्यार्थी छनोट गर्ने छ । छनोटमा परेका विद्यार्थीले दुई वर्षका लागि १६ हजार सहयोग पाउने छन् । यसैगरी तीन वा चार वर्षे स्नातक तह अध्ययन गर्ने विद्यार्थीले ४० हजार पाउने छन् । विद्यार्थीको निवेदनका आधारमा स्थलगत निरीक्षणपछि सहयोग दिइनेछ ।

'आर्थिक पक्षलाई व्यवस्थित गर्न सुरुमा ५ बैंक छनोट गरेका छौं,' तीमध्ये एउटा बैंकसित सहकार्य गर्ने उल्लेख गर्दै जोशीले भने- 'विश्व बैंक र राष्ट्र बैंकको मापदण्ड पूरा गर्ने बैंकसित सहकार्य हुनेछ ।'


Read Full Discussion Thread for this article