Posted by: nepaltrue November 13, 2007
Sujata Koirala and Deuba join Sandalwood smuggling
Login in to Rate this Post:     0       ?        

प्रहरीले छोडेको रक्तचन्दन फेरि बरामद

ऋषिराम पौड्याल

तातोपानी, कार्तिक २७ - प्रहरीले नियन्त्रणमा लिएर व्यापारीलाई फिर्ता गरेका रक्तचन्दनसहितका दुई गाडी सोमबार तातोपानीस्थित प्रहरीले बरामद गरेको छ । चिनियाँ कूटनीतिक नियोगको नक्कली नम्बरप्लेट प्रयोग गरेर भन्सार हातामा पुर्‍याइएका दुई टोयोटा गाडीलाई सशस्त्रले नियन्त्रणमा लिएर छोडेको थियो । खासा प्रवेश गराउन खोज्दा बरामद गरिएको हो ।

ती गाडीबाट दुई टन रक्तचन्दन फेला परेको थियो । बाहिर कुटनीतिक नम्बर भए पनि भित्रपट्ट िबा५च ३५२३ र बा२च ४८६५ नम्बरका प्लेट राखिएको पाइएको थियो । गाडी चिनियाँु कूटनीतिक नियोगको भए/नभएको अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले बताए । गाडीका चालकहरू दुवै चिनियाँ नागरिकलाई सशस्त्र प्रहरीकै मिलेमतोमा भगाइएको स्थानीय बासिन्दाको आरोप छ । सशस्त्रले गाडी छोडेको थाहा पाएपछि प्रजिअ खरेलले गृह मन्त्रालयमा फोन गरेर आफ्नो आदेश कार्यान्वयन नभएको जानकारी गराएका थिए । प्रजिअ खरेल र जिल्ला प्रहरी कार्यालयका डीएसपी सहकुल थापा राति तातोपानी पुगेका थिए ।

डीएसपी बस्नेतले भने भीड बढ्दै गएको र कूटनीतिक नियोगको नम्बर भएकाले आफूले गाडी नियन्त्रणमा लिन नसकेको बताए । गाडी प्रवेश गराउन सहयोग गर्न तस्करले स्थानीयलाई ६० लाख रुपैयाँ दिएका थिए । उक्त रकम चिनियाँलाई फिर्ता गरिएको छ । उक्त गाडीले कूटनीतिक नम्बर प्रयोग गरेर पटक-पटक चन्दन निकासी गर्दै आएको स्थानीयले बताए । चन्दन चिनियाँ व्यापारीको भएको प्रहरीको दाबी छ ।

Read Full Discussion Thread for this article