Posted by: MR_TRUTH November 13, 2007
Former GUNDA respected
Login in to Rate this Post:     0       ?        
गणेशमानको शालिक अनावरण
प्रधानमन्त्रीले कार्तिक २४ गते राजधानीको रानीपोखरी छेउ रहेको शान्ति बाटिकामा गणेशमान सिंहको पूर्ण कदको शालिक अनावरण गरेका छन् ।

२४ कार्तिक २०६४

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्वर्गिय गणेशमान सिंहको ९२ औं जन्मजयन्तीको अवशरमा कार्तिक २४ गते राजधानीको रानीपोखरी छेउ रहेको शान्ति बाटिकामा गणेशमान सिंहको पूर्ण कदको शालिक अनावरण गरेका छन् । जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले २०४६ र २०६२/६३ को आन्दोलनका तश्वीर प्रदर्शनी पनि अवलोकन गरे । प्रदर्शनीमा राखिएका तश्वीर खिच्ने फोटो पत्रकारहरु मीनरत्न बज्राचार्य र राजेन्द्र मानन्धरलाई प्रधानमन्त्रीले शान्तिको प्रतिक परेवा चिन्ह अंकित स्वर्ण पदक प्रदान गरे भने सभामुख सुभाष नेम्वाङले उनीहरुलाई दोशल्ला ओढाए । रानीपोखरी शान्ति बाटिकामा दुवै बेलाका शहीदहरुको नाम पनि अंकित छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संविधान सभाको चुनाव यसै बर्ष गर्ने बताएका थिए । सात दलको सहमतिमा अब चुनावको मिति संसदबाटै घोषणा गर्ने प्रधानमन्त्रीको भनाई थियो । 

 

My grand childrens will see Deepak Manange and Milan Chakre's statues in future..

Read Full Discussion Thread for this article