Posted by: Birkhe_Maila November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

भ्रामक खबरमा नफस्नुहुन अनुरोध:

आफैँलाई चौतारी समाजको प्रशासन प्रमुख भन्न रुचाउने स्वघोसित अफिसर तथा दुराग्रहि, पुर्वाग्रहि भावनाले ग्रस्त, सम्पुर्ण चौतारीको मान मर्यादा र हुँदा हुँदा प्राकृतिक नियमलाई नै च्यालेन्ज गर्छु भन्ने घमन्डले ओत प्रोत भएका एकजना अचौतारी तत्व रिट्ठेन्द्र राज राठौर द्वारा हामिले भुँडि बोकेको कुराको अनर्गल प्रचार प्रसार गरि, सम्पुर्ण चौतारीलाई नै भ्रममा पारेको हुनाले उक्त भ्रामक खबरमा नफँस्नुहुन अनुरोध गरिन्छ। साथै हाम्रो खाना तथा झोलले भरिएको बियर बेल्लिको गलत अर्थ लगाएको र हामि बिहान बिहान सबारि भईबक्सने ट्वाइलेटलाई प्रसुति गृह मानेको कारण निज रिट्ठेन्द्र राज राठौरलाई हदै सम्मको कार्वाहि गर्न निवेदन गरिन्छ।

भवदिय

बिर्ख बहादुर बोगटी

Read Full Discussion Thread for this article