Posted by: ritthe November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ह्या लहरे पनि कुरा नबुझी तेसै बम्किनी?
अघी भर्खर लहरे को नाम लिये पछी अनी 'नाम लिया लहरे बौचा हाजिर' नभनेर, 'नाम लिया सैतान हाजिर' भनेको भये पो
नियमापत्ती भन्न मिल्थ्यो त


जिम्माल बा, अब चाइन्जो म मात्र टाइ टाइ गरेर केही हुने बाला छैन, चाइन्जो लहरेको अब कार्यभारको विवरण बनाएर जिम्मा लाउनु पर्‍यो
लहरेले चौतारीको 'रस रङ प्रधान' को पदमा रही गर्नु गराउनु पर्ने कार्यको विवरण भनेर लाल मोहोर लगाउनु पर्‍यो आजकै मिती बाट लागु हुने गरी

नमुना यसप्रकार छ:-
१. कार्यालय समय- निजको कार्यालय समय बिहान् ९ बजे देखी बेलुकी ५ बजे सम्म जसमा १ घण्टा भात ब्रेक पाइनेछ
२. उक्त ७ घण्टा को कार्य अबधी भित्र १० वोटा सायरी/गजल आदी इत्यादी राख्नु पर्ने छ । दिउसो १२ बजे भित्र ४ वटा १२ देखी ३ भित्र ३ वटा र ३ देखी ५ बजे सम्म ३ वटा
३. दैनानुदिन चौतारीमा भये गरेका रमाइलो ठट्टाको हर हिसाब राखी प्रत्येक महिनाको अन्त्यमा सन्तुलन परिक्षण तयार पार्ने !
अब बाँकी थप्दै जाउ गाउले हो

Last edited: 13-Nov-07 09:53 AM
Read Full Discussion Thread for this article