Posted by: SadhanaSharma November 11, 2007
ए चन्द्रमा
Login in to Rate this Post:     0       ?        

ए चन्द्रमा तिमी आजै मेरो देश जाउ
मेरा सारा आफन्तको खबर बोकी ल्याउ

मेरा बाबा मलाई सम्झी चुपचाप बस्दा होलान्
ती आमाका आँखाबाट आँसुधारा खस्दा होलान्
खुशी छु म मेरो सन्देश तिमीले पुर् याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहार आयो, मेरो भाइ मलाई नै सोच्दै होला
निधार खाली हुने सोची मन घोच्दै होला
आशिर्वाद छ टाढैबाट यही सम्झाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

तिहारमा नि मेरो घर होला  खाली खाली
कसले पूजा गर्ला र खोइ दियो बत्ती बाली
मैले गाउने भैलो गीत तिमीले नै गाउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ

मेरो माया सबलाई देउ, सबको माया ल्याउ
ए चन्द्रमा तिमी आजै मेरो देश जाउ ।।

Read Full Discussion Thread for this article