Posted by: Amazing November 10, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
हर्षोल्लासका साथ तिहार पर्व मनाईंदै
 
लक्ष्मी पूजा
लक्ष्मीपूजा धनधान्य र समृद्धिको कामना सहित खुशियाली मनाउंदै पूजा गरिने पर्व हो
काग र कुकुर तिहार सकिए लगत्तै शुक्रबार गाई र धनकी देवी लक्ष्मीको पूजा गर्दै देशभर हर्षोल्लासका साथ दीपावली गर्दै तिहार मनाइएको छ।

गत वर्ष नेकपा माओवादी र सरकारबीच विस्त‍ृत शान्ति सम्झौता सम्पन्न भए पछिको पहिलो तिहार मनाउन नेपालीहरु उत्साहित देखिएका थिए।

धेरै मानिसहरु यो पर्व पछि देशमा शान्ति र समृद्धि आउने कुरामा आशावादी देखिएका थिए।

यमपंचकको तेस्रो दिन मानिसहरुले बिहानै गाईको पूजा सकेर साँझपख दियो बाल्दै धनकी देवी लक्ष्मीको पूजा आराधना गरेका थिए।

दशैं सकिए लगत्तै आउने र पाँच दिनसम्म मनाइने तिहार नेपालीहरुको दोस्रो ठूलो चाड मानिन्छ।

'बहुआयामिक'

बीबीसीसंग कुरा गर्दै संस्कृतिविद् गोविन्द टण्डनले नेपाली समाजमा तिहारले बहुआयामिक महत्व राख्ने बताए।

उनले भने, “पशुपंक्षीको पूजादेखि धन, समृद्धि, सुख, शान्ति र दिदीभाई दाजुबहिनीबीचको प्रेमको महत्वलाई तिहारले हरेक वर्ष नवीन बनाउने गर्छ।‍”

यमपंचककै समयमा शनिबार मनाइने गोबर्धन पुजाको दिन नेवार समुदायका धेरैजसो मानिसहरुले म्ह: पूजा गर्ने गर्छन्।

त्यसको लगत्तै पाँचौं तथा अन्तिम दिन नेपालीहरू भाई टिकामा जुट्छन् र दिदीभाई तथा दाजुबहिनीहरु निधारमा सप्तरंगी टिका र मखमलीको मालामा सजिने गर्छन

From bbc Neplai sewa
Read Full Discussion Thread for this article