गण तन्त्र बोलेर पेलेर खेलेर आउने चिज हो र भन्या?
ल बोली हाल्यो रे काँग्रेसले, आइहाल्यो रे गणतन्त्र, के देशको हाल बेहाल हुन बाट जोगिन्छ र?
आज सबैको मुखबाट गणतन्त्रको सुर न ताल को राग अलापिरहेको सुन्छु। के हामी संग गणतन्त्रको पूर्बाधर छन् त?
हाम्रो साँघुरो सोचाइ, संकुचित मन र पुरातन कार्यशैलीमा तत्काल गणतन्त्र ग्रहण गर्ने क्षमताको बिकास भै सक्यो र? गन तन्त्र को कुरा भए अर्को?
कस्तो खालको गणतन्त्र, कुन मोडेलको गणतन्त्र हामीले रोजेको, हामीले खोजेको?
खै स्पष्ट चित्र?
फिडेल क्यास्र्टोको पनि गणतन्त्र, परवेज मुसरफको नि गणतन्त्र, अल असद ( सिरिया) को नि गणतन्त्र, पुटिनको नि गणतन्त्र, छिमेकी मुलुक भारतको नि गणतन्त्र, अझ अर्का छिमेकी मुलुक चिनमा झन जन गण तन्त्र?
हामीले खोजेको कुन त? आफनै गणतन्त्र भए कस्तो तो? परिभाषा छ? कसै संग?
संसदबाट गणतन्त्र पास गरेर क्रान्तिकारि हुं भन्ने नकावधारीहरु र तिनका पिछलग्गुहरु संग मेरो एउटै प्रश्न छ।
गणतन्त्रमा फेरि गिरिजा राष्ट्रपति भयो भन्ने, त्यो देशको राष्ट्रपति हुन्छ कि नेपाली काँग्रेसको? हिम्मत र मन छ? गणतन्त्रको मन्त्र जप्न अगाडी सत्य स्विकार गर्न सक्ने हिम्मत र छाती दुबै हुनु पर्दछ।