Posted by: Rahuldai November 8, 2007
"पिताजी को सुनको तक्मा"
Login in to Rate this Post:     0       ?        
 

पिताजीको सुनको तक्मा-खण्ड २

 

भाग ७

त्यो आँशु, खुशी को मात्र थिएन। हामी यसकारण पनि रोयौं कि भित्ता मा झुन्डिएको त्यो तस्बीरले जिस्काइरहे जस्तो लाग्यो। तस्बीरमा त्यो "सुन को "तक्मा" टल्किरहेको थियो। त्यो बिबशता याद आयो, त्यो अमुल्य चीज बेच्न गएको क्षण याद आयो। र हामी बाबु छोरा रोयौं।
त्यो द्रविता स्थितिलाई मुश्किलले संहालें। अचानक मेरो मनस्थितिमा एउटा कुरो आयो र भनी हाले" बाबा, यहि हातले त्यो तक्मा बेचेको हुं, अब यहि हात ले त्यस्को बद्लामा १० ओटा तक्मा जित्ने छु। मलाई आशिष दिनुस्।"
पिताजी भित्रको मान्छेले के सोचे त्यतिबेला, थाहा भएन तर पिताजी को भाव मा केहि उज्यालो देखें। अझै असक्त, बिबश बुबाले खासै केहि त भन्नु भएन तर इशाराले गर भन्नु भयो र बडो कठिनपूर्बक आफ्नो पबित्र हात मेरो शिरमा राखी आशिश दिनु भयो।

यसरी समय घिस्रदैं थियो। पिताजी को स्वास्थामा सुधार हुंदै अब बिना लौरो र साथीको सहारा, सुस्त सुस्त हिंड्न सक्ने हुनु भयो। बिस्तारै टोला बजार घुम्न थाल्नु भयो। लामो समय सम्मन् को अस्पताल् को एकान्त बास् र घरको सानो कोठाबाट् निक्लेर् खुल्ला हावामा बिचरण गर्न पाउनु भयो।
उता, स्कूलमा आफ्नो पढाई को रफ्तार् सङ्ग् सँगै अतिरिक्त कृयाकलाप जारी थियो।
त्यतिबेला ( हाल संम पनि)हरेक् बर्श कमला पुरस्कार् निबन्ध प्रतियोगिता हुने गर्दथ्यो। त्यो सालको निबन्ध प्रतियोगिता जानेको नेत्रित्व मैले गरें। बिगत २ बर्ष् देखि हाम्रो स्कूल् ले जितेको त्यो उपाधि रक्षा गर्ने जिम्मा मेरो थियो। निबन्ध प्रतियोगितामा लेख्न गैयो। राम्रो नै लेखें जस्तो लाग्यो तर डर् भने बाकी रह्यो। आफ्नो भाषा (बोलिचालीको) भाषा नेपाली न भएको र भाग लिन आउने अधिकांश् हरु को अनुहारको बान्की देखेर् तर्सें पनि।
निबन्ध् प्रतियोगीता को पनि रिजल्ट् भयो। प्रथम भए छु। नेपाली का शिक्षिकाले पहिला थाहा पाई मलाई बधाई दिए। मेरो लागि अर्को एउटा खुशी आकाशबाट् झरे जस्तो। आश् गरे भन्दा बढी। केही दिन पछि नै राणा प्रधान मन्त्री पद्म् शंशेर् को दरबार मा पुरस्कार बितरण् समारोह् भयो। पद्म् शंशेर् को जीबित् रानी कमला अँफैले सुन् को तक्मा लगाइ दिनु भयो र एक् ठेली पुस्तकहरु दिनु भयो।
बडो गर्बिलो मुद्रामा घरा पुगें र पिताजी को हातमा यो पाली चाँही सुन् को तक्मा नै हाली दिएं। मैले खाएको कसम् पूरा गर्ने यात्रा को तो दोस्रो पदाव् थियो त्यो।बुवा खुशी हुनु भयो नै।

यसरि स्कूल मा अफ्नो प्रगति आशातित् रुपमा हुदैं थियो। सर् मिस् हरु अब एस् एल् सी मा बोर्ड् हान्नु पर्छ भनेर भनि रहनु हुन्थ्यो। त्यहि बिचमा घर् मा फेरि अर्को चिन्ता थपियो। उमेर् पुगेको दिदि को बिहे को कुरा चलेको रहेछ। राम्रो खान्दान बाट् प्रस्ताब आएको रहेछ। केटा पक्षले त्यहि साल बिहेगर्ने कुरामा जोड् दिन थाले। आमा बुबा अनि दाइ सबै चिन्तित् थिए। बिहे को जोरजाम् कसरि गर्ने भनेर। भर्खर् हात मुख जोड्ने समस्या बाट् मुक्ति के मिले थियो, बिहे जस्तो खर्चको पहाड् उचाल्ने कसले र कसरि? जटिल् समस्या।
अफ्नो कर्तब्य बाट् म मात्र कहाँ भाग्न सक्थें र? आफुले सक्दो गर्नै पर्यो। र मैले अब देखि अतिरिक्त १ घण्टा काम गर्ने र १ घण्टा कम् सुत्ने प्रस्ताब राखें। एस् एल् सी को बोर्ड् भन्दा पनि परिवार् को खुशी को लागि पसिना बगाउने कठोर् निर्णय गरें मैले। र दैनिक् अतिरिक्त संअय काम गरें।
यसै बिच मा आनन्द् कुटि स्कूल् को आयोजनामा अन्तर् माध्यमिक नेपाल् भाषा हाजिर् जवाफ् प्रतियोगिता सुरु भयो। स्कूल् को नेत्रित्व गर्ने फेरि मौका पाएं। सुरु को चरण देखि औसत तर जित्न पुग्ने प्रदर्शन गर्दै फाइनल पुग्यौं। फाइनल जित्ने आश न भए नि फाइनल पुगे पछि झिनो आश त जाग्छ नै। फाइनल मा हाम्रो प्रदर्शन अति नै उत्तम रह्यो र ठुलै अन्तर् ले प्रतियोगिता जित्यौं। भिमकाय शिल्ड् उचाल्ने मौका पाएं र साथमा फेरि एउटा सुनको तक्मा।
प्रदर्शन् स्थलबाट् स्कूल् मा संअर्थक् हरुले लावा लस्कर् सहित् अबिर् जात्रा गर्दै सबै भन्दा पहिला मेरो घर् पुर्‍याए। चोक् पुरै बिजय उत्सबले रंगीन भयो। बाजा गाजा कहाँ बाट् ल्याए कुन्नि। बुबा रात को ९ बजे घरबाट् निस्कनु भयो र चोकमा अौनु भयो। धेरै बर्ष पछि स्कूले केटाहरु सङ्ग नाच्न थाल्नु भयो। म एक् तमाश ले पिताजी नाचेको हेरि रहें। उन्को मुहार् को कान्ति पढिरहें। धेरै बेर् त्यो बिजय उत्सब मनाइ रहे। मैले पिताजी को त्यो सुनको तक्मा त कहाँ फिर्ता ल्याउन सक्छु र, तर हराएको मुस्कान भने फर्केको देखें। र असक्त शरीर मा जीवन संचार् गर्न सकेको मा सन्तोष को सास् फेरें।

भाग ८

त्यो हाजिर् जवाफ को सुनको तक्मा १० वटा जित्ने भीष्म् प्रतिज्ञा को तेस्रो थियो। यसरी नै फेरी दुईटा निबन्ध् प्रतियोगीता जितें। मेडल थिएन, नगद् पुरस्कार थियो। संभवत् कारीब तीन चार सय थियो होला। यस्पाली पनि लुगा र जुत्ता किनें। पहिलो पल्ट् मैले स्कूल् जान अौन चप्पल् छोडेर् स्टार् लेखिएको टेनिस् शू लगाएं।
यता घर् मा दिदी को बिहे को तयारी चल्दै थियो। दाई भाई मिलेर पैसा को जोगार् गर्न खूब् काम् गर्दै गयौं। मंसिर् मा बिहे को कुरा छिनेको ले आफ्नो एस् एल् सी मा खासै ठुलो धक्का न लाग्ने अन्दाजका साथ पढाईलाई दोस्रो दर्जामा राखेको थिएं। हिसाब पढाउने सर् गुर्‍र् गुर्‍र् रहेछ , मा देखि। यस्तो ताल् बोर्ड अौंछ् त्यो? कहिले निबन्ध् प्रतियोगीता जान्छ, कहिले हाजिर् जवाफ, कहिले स्कूल् आउंदैन। हेड् मास्टर् संम् कुरा पुग्यो। फेरी हेड् सर् ले बोलाएर् सोध्नु भयो। यथार्थ् कुरो भनें। "दिदी को बिहे को कुरा सकिने बित्तीकै मा पढाईमा ध्यान दिन्छु। कर्तब्य बाट् भाग्नु हुँदैन भनेर सर् ले नै सिकाउनु भएको। तर् मा मेरो पढाई बिगार्दिन। मलाई नि ठुलो उत्कण्ठा छ, गोर्खा पत्र मा नाम् निकाल्ने। मा त्यो उद्देश्यबाट् भागेको छैन। मेरो यात्रा जारी छ।" मेरो कुरा सुनेर् हेड्सर् ले मैले एक् पटक् फेरि रिमाइण्ड् गर्न मात्र बोलाको भन्नु भयो।
गंभिर् मान् सर् को बोली को गंभिर्यता मैले बुझेको थिएं। उनको चिन्ता पढेको थिएं।
मंसिर् आयो। दिदी को बिहे धुम्धाम् सँग गर्न न सके ता पनि आफ्नो गच्छे अनुसार गरियो। केही ऋण् लाग्यो, धेरै त पसिना को बल् ले खर्च् गरियो।
बिहे सकिए पनि ऋण् को बोझ् थियो। त्यसैले पनि काम् लाई छोडी हाल्न सकिन मैले। काम् गर्दै गरें फुर्सद् मा पढ्न पनि छोडिन। दाई ले काम् गर्न आइजा भनेर बोलाउंदैन थ्यो। तर पनि घर् को संअस्या सँग सँगै हिंडेको दुई तीन् बर्ष् ले भोली को कठिन् दिन संझेर काम् गर्थें।
पिताजी को स्वास्थ् मा निकै सुधार भो। सानो तिनो काम् मा सहयोग् गर्न सक्ने भए। बजार् पनि जान सक्ने भए। कसैले पनि यती सुधार हुन्छ, अथवा पूर्ण रुप् मा स्वास्थ् लाभ् गर्ला भनेर सोचेको थिएन। तर हामी छोरा छोरी हरु भने पिताजी को पुरानै दिन फर्केको हेर्न चाहन्थ्यौं। फेरी माया गर्ने, हाम्रो सुख दु:ख् को साहरा खोरहेका हुन्थ्यौं।
एस् एल् सी को तयारी नै चल्दै थियो। अंग्रेजी मा ब्यापक् सुधार भए नि डर् भने त्यही एउटा मा रह्यो। हेड् सर् को गएर केही दिन् ट्युशन् पढ्ने विचार आयो। हेड् सर् ले नि हुन्छ भन्नु भयो र पुष माघ दुई महिना पढें। यसै बिच् मा टेस्ट परिक्षा सकी, रिजल्ट् नि भयो। फेरी एक् चोटि प्रथंअ लेखिएको मार्कशीट् लिएर् घर् पुगें। अब घर् का मान्छेलाई त्यो प्रथंअ शब्दले न छुने भाई सके छ क्यार्, कसैले कुनै प्रतिकृया दिएन। दाई लाई भनेको त " तं फर्स्ट् न भए को हुन्छ र, मा हुन्न क्या रे" भन्ने अनौठो जवाफ पो पाएं।
जे होस् अब, पढ्नु पर्छ, यही १-२ महिना ले मेरो भबिष्यको रेखा कोर्छ, भन्ने लाग्यो। मन् र मस्तिष्कलाई एस् एल् सी भित्र कैद गरें।
खूब पढें। पढ्न सक्ने जती पढें।
एस् एल् सी सुरु भयो। तयारी राम्रो भएकै मानें मैले, सबै बिषयहरुलाई सके जती निखारेर् लेखें।
लाग्यो हेड् सर् को सपना, मेरो कल्पना, धेरै को आशा, मेरो अभिलाषा पूरा हुन सक्छ। बिच् मा गडबड् भएन भने टप् टेन भित्र पर्ने छु जस्तो लाग्यो। जांच् सकिएको वहाँनामा मैले दाई सँग १० रुपैया मागेर फिल्म् हेर्न गएं। एक् दुजे के लिए भन्ने फिल्म् चलेको रहेछ, अशोक् सिनेमा हल्, पाटन मा। मन छुने फिलिम् रहेछ त्यो।
रिजल्ट् हुने दिन् नजिक् नजिक् आयो। छाती धुक् धुक्। अब दिन् दीनै टेन्सन् पो सुउभयो। बोर्ड न अौने पो हो कि? मा भन्दा अरु स्कूल् मा राम्र विद्यार्थीले राम्रो गरे कि? इज्जत् जाने भो मेरो। फेरी अर्को मन् ले संझाउदो रहेछ- होइन आउंछ तं बोर्ड मै। न आए के भो र, सबै जना बोर्डंआ अौने हो भने त बोर्ड नै हजार् जना को नाम् अौछ नि। जे गर्यौ राम्रो गर्यौ। जे हुन्छ राम्रो हुन्छ। मन् लाई यसरी संहाल्ने असफल चेष्टा गरी रहन्थें।
असार को पहिलो हफ्ता मा परिक्षा फल् निस्कने हल्ला आयो। साथी मनोहर् ( हाल् जापान) , भिमसेन्( हाल् अंेरिका) र उपेन्द्र का साथ् मर्निङ् वाक् मा जान्थ्यौं। मर्निङ् वाक् को पहिलो बिसौनी गोर्खा पत्र संस्थान को कार्यालय हुन्थ्यो। जहिले नि गयो, पाले लाई सोध्यो, फर्क्यो।
असार को ११ गते रिजल्ट् हुन्ने बलियो र भरपर्दो खबर् पाइयो। बिहान ५ बजे नै संस्थान को ढोका मा पुगियो, फेरी टायँ टायँ फिस्। यो हल्ला ल्याउने भिमसेन् ले ठुलै हप्की खाए। ११ गते भएन, १२ गते होला भनेर पुगियो, फेरी फर्कियो।
१३ गते स्वर्गिय दीपेन्द्र को जन्म् दिन, आज त के होला भनेर गोर्खापत्र संस्थान को बाटो लाई शर्ट् कट् मारी सिधै रत्न पार्क हुँदै भद्रकाली पुगी, भद्रकाली माइ लाई बोर्ड मा नाम् देख्न पाओस् भनेर पुकारें। भद्रकाली बाट् शाहीद् गेट् के पुगेथें, आफ्नो स्कूल् का एक् हुल् भाई बहिनिहरु, हातंआ गोर्खा पत्र लिएर अौदै गरेका सङ जंकाभेट् भो। मलाइ चिन्दा रैछन् केहि ले। त्यस पछि त के चाहियो, उनिहरुलाई। काँधंआ बोकेर झ्याइंकुटि गरी स्कूल् तिरे लगे।

भाग ९

"ए पख पख, पहिला गोर्खा पत्र र हेर्न देउ " भन्दै मा कराउन थालें।
" "होइन, दाई को नाम् गोर्खापत्रमा छ, हामीले हेरी सक्यौं" एक् जना ले भने।
"हेरं न एक् पटक् " मलाई चित्त बुझेन, न हेरी।
"लौ हेर्नुस् , यता छ तपाईं को नाम्" भन्दै गोर्खापत्र मेरो हातमा दिए।
हेरेको हेरै झन्दै बेहोस्,
"मेरो नाम होइन नि त्यो " बेकार्अंा बोर् गर्यौ, तिमीहरुले"
हतार् मा, हतास् मा मेरो होस् गुम्यो। आकशबाट् खसे जस्तो, सपना चकनाचुर् भे जस्तो लाग्यो।
"होइन, दाइ को नाम् हामीले राम्रो सङ्ग हेरेको, छ भने"
त्यो भाइ पनि अब भने आत्तिन थाल्यो। एक् छिन् हामी रोकी बिस्तारै बोर्ड् फस्ट् देखि को नाम् पढ्न थाल्यौं। त्यो भाइले देखाएको नाम् राहुले को नाम सङ मिल्दो जुल्दो नाम् थियो, थर् पनि एकै, बिचको नाम पनि एकै, अनि नाम् पनि उस्तै, तर राहुल थिएन। धन्न, त्यस्को २ नाम् तल हुबहु मेरै नाम थियो। स्कूल् को नाम् पनि मिलेको र सिम्बोल् नंबर् पनि मिलेको ले राहुले नै हो भन्ने यकिन भो। केटाहरुले गलत् नाम् देखाएको ले झन्दै खुस्केको। लामो लामो सास् फेरें, मानौं सगरमाथा बिजय गर्ने कठिन् यात्रा पछि चुचुरोमा सुस्ताएछु।
अब भने झ्याइंकुटि झन जोड् सङ गर्न थाले। त्यतिन्जेल् स्कूल् जाने बिद्यार्थिहरुकोठुलो समूह नै भैसकेको थियो।कस्ले हो अबिर् पनि किनेर ल्याइ सके छ। अनुहार् न चिनिने गरि अबिरले नुहाइ दिएछ।

स्कूल् पुगें, चहल् पहल् सुरु भैसकेको रहेछ। कहिले काहिं झुल्किने बोर्ड् हो, बिश्व निकेतन को लागि। म स्कूल् पुग्दा त सबै सर् मिस् हरु छक्क परे, रिजल्ट् को खबर् आएको धेरै संअय बितिसकेको थिएन। उहाँहरुको लागि मेरो उपस्थिति अपेक्षित थिएन। सबै खुशी थिए। हेड्सर् को मुहार् को कान्ति र हावभाव् ले उनको खुशी बयान गरि रहेको थियो। मलाइ पनि एक् अनौठो र उकुस् मुकुस् अनुभूति थियो। लौ जा, घर् मै खबर् गरेको छैन। स्कूल् मा भएको फोन् ले फोन् गरें। थाहा पाइसकेका रैछन्, घर् परिवार् ले। मेरो घर् को पल्लो पट्टि डेरा गरि बस्ने एक् परिवारका दौतरि पनि एस् एल् सी दिएको र उसैको परिवार् ले खबर् गरेका रैछन्। छिट्टो घर् आउ भने दाइ ले।

जे होस्, जिन्दगि मा बहुत् कम सपना देखें, धेरै जसो सपना मै बिहानी भए,बिपना भएन। आज यो एक् सपना, बिहान् संम देखि रहें। घर् परिवार् सबै को इज्जत् राखें, सबै खुशी थिए। पिताजीको खुशी बिशेष थियो। बधाइ र सगुन को क्रम धेरै दिन सम्म जारि रह्यो।

घर् को आर्थिक अवस्था उस्तै थियो। सुधार् हुने लक्षण र आधार् पनि त थिएन। कमाउने हात उही दाइ र मेरो गरि जम्मा चार् न थिए। पिताजी को ओखति खर्च कम भए नि सुन्य भै सकेको थिएन। अनि दिदि को बिहे मा लागेको ऋण पनि थियो। त्यसैले एस् एल् सी पास् गरे पछि झनै काम मा जोतिएं। क्याम्पस पढ्न अघि ऋण चुक्ता गर्ने लक्ष सहित।

क्याम्पस् जाने दिन आयो। त्यतिबेला उत्क्रिष्ठ सबै बिद्यार्थि को एउटै आकर्षण् अस्कल् हुन्थ्यो र आफु पनि अस्कल् भर्ना भैयो। पिताजी को अज्ञात रोग र हामी नाबालकहरुले भोग्नु परेको पीडालाई संझी डाक्टरि पढ्ने लक्षका साथ जीव बिज्ञान मूल् बिषय लिएर अस्कल गएं।


अन्तिम भाग्

स्कूले जीवन् भन्दा अस्कल् को वातावरण फरक् हुनु स्वाभाबिक थियो। अंग्रेजी मा पढाउने, अंग्रेजी बोल्ने खरर्म् आफु त हेर्‍या हेरै नि। ७५ जना को किलास मा ४५ जना भन्दा बढि केटिहरु, बायो क्लासमा हल्ला चाहि पटक्कै न हुने रैछ। बोर्ड् आएका सबै जना अस्कल् मै थियो। पढाइ सुरु भो, पढ्ने भनेर आए सि पढ्नु पर्यो, तर त्यतिन्जेल् क्रिक्रेट् खेल्ने रहर् ले किलास् भन्दा होस्टल् मुनि को बास्केट् बल् कोर्ट् तिर् मन् जान्थ्यो। तै पनि केति हरुको अगाडि इज्जत त जोगाउनै पर्यो।
यसै बिचमा बिश्व निकेतनले एस् एल् सी मा प्रथम श्रेणीमा उत्तीर्ण हुने सबैलाई पदक् बितरण् गर्ने भनेर निम्तो आयो।
२- ३ ब्याच् लाई एकै पटक् पदक् दिने कार्यक्रम् गर्ने गर्दा धेरै संख्या मा पदक् लिने बिद्यार्थिहरु थिए। सबैलाई चाँदि को चिटिक्क परेको मेडल् दिए तत्कालीन शिक्षा मन्त्री ले। राहुलेलाई बडेमान् को चाँदिमा बिचमा सुन को तारा भएको तक्मा दिए। त्यो सुन को तक्मा पनि परिश्रम कै फल थियो, खुशी लाग्यो नै। मैले अर्जेको त्यो चौथो पदक् थियो।
साथमा महिना को ५० रुपैया को दर् ले छात्रब्रित्ती पनि दिए।
ठुलो राहत् थियो, त्यो सुरो को ६०० रुपैया पनि। केहि नपुग पुस्तक र मसलन्द किनियो। बाकि रहेको पैसा ले एक् जोर् जुत्ता किनियो। घर् मा आर्थिक् बोझ सके सम्म न परोस् , मेरो चाह त्यहि थियो। त्यसरि नै तत्कालीन श्री ५ को सरकार् ले पनि महिना को २०० स्कोलरशिप् दिंदो रहेछ। धेरै हुंदो हो त्यति बेला को बेसार् भाउ अनुसार्। चिया ५० पैसा-६० पैसा को जमाना मा।
समय बित्दै गयो। अनेक् हडताल् बन्द हुने गर्दथे त्यति बेला पनि। राजनीति को केन्द्र नै हुन्थ्यो, क्याम्पसहरु। प्रतिबन्धित काल् मा पनि खुल्ला राजनीति हुने ठाउं क्याम्पस् मात्र थियो।
क्यलेन्डर् अनुसार् कुनै काम् नहुने त्यतिबेला। एक बर्ष न पुग्दै हुनु पर्ने प्रथम् बर्ष को जाँच हुने नामो निशान् थिएन। क्याम्पस त रमाइलो गर्न जाने अखडा पो हुन थाले।
उता पिताजी लगभग् पूर्ण् स्वस्थ भै सक्नु भएको थियो। भित्री शरिर् कस्तो थियो, भगवान् जानुन्, बाहिर् बाट् स्वस्थ हुनुहुन्थ्यो। तर त्यो बिमारिको २-४ बर्षले उहाँलाई २० बर्ष बुढो बनाइ दिएको स्पष्ट् देखेन्थ्यो।
त्यसैले पनि हामी दाजु भाइले पिताजी लाई कुनै किसिम काम् गर्न दिएनौ।चिन्ता पर्ने काम् गरेनौ। जिन्दगि भरि खानु पर्ने केहि ओखति चाहिँ बाकि थियो खाइ रहनु पर्ने।

यसै बिचमा अस्कल् को नेत्रित्व गर्दै अन्तर् क्यम्पस हाजिर् जवाफ प्रतियोगिता मा भाग् लिने मौका मिल्यो। प्रथम् चरण् देखि फस्ट् हुदै हामे फाइनल् पुग्यौं।
फाइनल पनि भयो। त्यो दिन तयारि गर्न बाकि रहेको ले बिहानै घर् बाट् निस्कें, सहभागी मित्र को धोबिधारा स्थित् घर् मा। अनि उतै बाट् फाइनल् हुने स्थान् मा लाग्यौं।
फाइनल् सुरु भयो, खचा खच् भरिएको हल् मा। हामी सुरु मै निराश भयौं। परिचय को क्रममा अरु क्याम्पसका प्रतिस्पर्धिहरु एक् से एक् बिद्वान्। त्रिभुबन् युनिभर्सिटि क्याम्पसमा स्नाकोत्तर् गर्नेहरु को टीम्, मीन भवन् क्याम्पस, पाटन् सयुक्त क्याम्पसका पनि सबै जना एम् ए लेभल् पढ्नेहरुको माझ, आइ एस्सी पढ्ने १६-१७ बर्षका ३ जना ठिटाहरु।
प्रतियोगिता सुरु भयो, हाफ् टाइम सम्म कीर्तिपुर् र मीन भवन् पछि हामी रह्यौं।
हाफ टाइम् पाछि चन्द्रमा दाहिने भयो अस्कल् को पक्षमा। यत्सरि अगाडि बढ्यो अस्कल्, ती बुढा टीम कसैले नि पछ्याउन सकेन। राम्रो मार्जिनले जितियो। ठुलो उचाल्न नै मुश्किल शील्ड् र स्वर्ण पदक् जितियो। अस्कलका समर्थक् मित्रहरुले बिजय उत्सब् नै मनाए। नारा जुलुस् सहित् अबिर् जात्रा भो, प्रज्ञा भवन् को प्राँगण देखि। मिठाइ बांडियो। यसरि प्रतियोगिता जितेको खुशी मनाएर घर् फर्किदां रातको ९ बजि सकेको थियो। बाटो भरि अनेक् तर्कना खेलिरह्यो। पिताजी बहुत् खुशी हुनु हुने छ। मैले दिएको बचनको आधा यात्रा पुरा भएको छ। १० ओटा पदक् त यो गति मा छिट्टै पुर्याउंछु। आदि , इत्यादि।

घर् पुगें। घर् मा त भाइ एक जना मात्र रैछ, मलाई कुर्ने। साह्रो भोक लागेको ले खान खान भन्छा तिर् लागें। भान्छा पनि रित्तै, भात पाकेको रैन छ। भाइलाइ सोधें " खै आज त कोइ पनि छैन, भात पनि पाकेको छैन।"

भोज गएको होला भनेर "कहाँ भोज गएका सबै, न जाने लाई त भात राख्नु पर्ने हो नि कस्तो भओक लागेको बेला।"

"बा लाई हस्पिटल् लगेको छ, दाइ र मामा त्यतै छन्, भर्ना गर्नु पर्छ रे।" भाइ ले एक् सास बाट् सारंश बताए। कहिले लगेको अस्प्ताल्, के भएको? भनेर जिज्ञासा राखें, भाइ लाई नि के थाहा, थाह् छैन भने। अनि के भनेको छ हामी लाई भन्दा, बिहान को तरकारि छ र चिउरा छ त्यहि खानु र अस्पताल् अौनु पर्दैन भनेको छ ।
त्यहि चिउरा र तर्कारि खाएं। दिन् भरिको मानसिक थकान् ले सुत्न मन लाग्यो। पल्टें, तर निद्रा लागेन। पिताजीलाई के भएको होला, पिताजी अहिले यहिंभएको भए कस्तो हुन्थ्यो होला, आदि आदि कुरा मात्र खेलिरह्यो। शारिरिकरुपमा नि थाकेकोले होला, रातीको १ बजे तिर् निदाएछु।
रातको साढे २ बजे हुंदो हो, चोकमा बसेर कसैले बोलाए जस्तो लाग्यो। सपना हो कि बिपना , निद्रा खुल्यो। झ्यालबाट् हेरें हो रैछ, दाइ ले बोलाको रैछ। दैलो खोलेर यति राती पनि घर् अौने हो, अस्पताल् मै बसे भैहाल्थ्यो नि भनेर एक् सासले भनें। दाइ को अनुहार् ज्यादै मलिन थियो। मैले याद गरिन, निद्राको झोंकमा।
"तुरन्त हिंड् अस्पताल्, भाइलाई नि उठा"
यति भन्ने बित्तिकै मैले कुनै अशुभ घट्ना घटेको अन्दाज गरें र भाईलाई उठाइवरि हात्ति पाइलामा हामी तिनै जना दाजु भाई अस्पताल लाग्यौं। हनुमान् ढोका देखि बीर् अस्पताल् को दूरि १० मिनेट् को हो, हामी ५ मिनेट् मै पुग्यौं। बाटो मा ३ ठाउँमा बिरालो ले बाटो काटे। अशुभ पक्कै भएको छ। मन भरि अनर्थ र अशुभ घट्नाको बिभत्स तस्बीर् अै रह्यो। अस्पताल् पुगें, पिताजी देखिन। सेतो कपडाले छोपिएको पिताजी को लाश मात्र भेटें। किन् अभयो कसरि भयो, अब यी सवाल सङग् मेरो कुनै सरोकार् थिएन। हामी माथिको छत ढलेको छ। हाम्रो आस्था बिस्वाश खोसिएको छ। मलाइ बस् त्यति थाहा थियो।
पिताजी जिन्दगि भरि कसैको कु भलो चिताएन, सधै भरि समाज् को सेवा नै गर्नु भएन। तै पनि भगवान ले यो क्रुर् सजाय किन मेरै पिताजी माथि? अक्रोश् थियो म मा। बिद्रोह थियो।
आमा अर्को कुना मुर्छा परि रहनु भएको थियो। दाइ र भाइ को हालत पनि निकै खराब् थियो। एक्लैले सके जति सबैलाई सम्हाल्ने कोशिश गरें। यतिन्जेल २ जना काकाहरु पनि यो खबर् सुनेर अस्पताल् पुगिसकेका थिए। अस्पताल को औपचारिक कागजातमा सहि गरेर पिताजी को पार्थिब शरिरलाई दुइजना काका र दाजुभाइले स्त्रेचरमा बोकेर शोभाभगवति किनार पुर्यायौं। त्यतिबेला अहिले जस्तो शब बाहन् कहाँ हुन्थ्यो।
रुवाबासी चल्यो। सिन्दूर् पुछियो। के के भयो के । (आज यो लेखिरहंदा अँखा भरिएको छ। बल्ल, तल्ल यी अन्तिम हरफ हरु टाइप् गर्दै छु।) पिताजी को त्यो सुन को तक्मा, मैले फर्काउन सकिन। त्यसको बदलामा मैले १० ओटा तक्मा जितेर चढाउछुं भनेको थिएं। आधा बाटो पुगेको थिएं। त्यो सुनको तक्मा पनि हेर्न पाउनु भएन। मेडल् पाउने बित्तिकै घर् पुगेको भए वा अस्पताल् पुगेको भए पिताजी को अन्तिम् प्रहर खुशीको हुन्थ्यो कि।
पिताजी सुनको तक्मा यसरि कथा र र तस्बीर् मा सीमित् भयो। अझै पनि यो राहुले ले त्यो १० ओटा पुर्याउन सकेको छैन। ९ सम्म पुर्‍याएको छु। पिताजी लाई दिएको बचन् अझै पुरा भएको छैन तर हिम्मत हारेको छैन।
यात्रा जारि छ।

अस्तु!!!!


Read Full Discussion Thread for this article