Posted by: atomic November 6, 2007
yo aati bho!! ma_chi_K MAOBADI HARU
Login in to Rate this Post:     0       ?        
काठमाडौं, (महानगर)। बाराबाट अपहरित पत्रकार वीरेन्द्र साहलाई अपहरणकारी माओवादीले जिउँदै खाल्डोमा हाली हत्या गरेको खुलासा गरेपछि आज प्रहरीले उनको शव खोज्ने प्रयास सुरु गरेको छ।

बाराको पिपरा बजारबाट असोज १८ गते अपहरण गरिएका पत्रकार वीरेन्द्र साहलाई अपहरणकारीले निर्मम कुटपिट गरी सोही दिन रतनपुरीको जङ्गलमा लगी जिउँदै गाडेर हत्या गरेको खुलासा भएको छ।

पत्रकार साहको अपहरणमा संलग्न माओवादी लालबहादुर चौधरी, कुन्दन फौज्दार, हरेराम कटवाल, इकवाल सहनीले हिजो भारतको रक्सौलमा वीरगन्जका पत्रकारलाई बोलाएर हत्याको खुलासा गरेका हुन्।

बाराको क्षेत्र नं. ४ का विघटित जनसरकार प्रमुख लालबहादुर चौधरी र कुन्दन फौज्दारले पार्टीको निर्देशनबमोजिम पत्रकार साहलाई अपहरण गरी सफाया गरिएको बताएका छन्।

चौधरी र फौज्दारले पत्रकार साहको घाँटीको सिक्री, औँठी र ब्याग थुतेर हत्या गरिएको विवरण दिए पनि उनीहरूको सो विवरण भने झुठ्ठा भएको पत्रकारले बताएका छन्। किनकि पत्रकार साहले सिक्री र औँठी लगाउने गरेका थिएनन्।

साहको अपहरण र हत्यापछि उत्पन्न परिस्थितिका कारण आफूहरू भारतमा आएर लुकेको खुलासा पनि उनीहरूले गरेका छन्। साथै फौज्दारले पत्रकार साहलाई बारा सपहीका एक व्यापारीको निर्देशनमा हत्या गरिएको पनि बताएका छन्।

यसैबीच पत्रकार साहको हत्याको खुलासापछि बारा निजगढका प्रहरीले आज रतनपुरीको जङ्गलमा व्यापक खोजतलास गर्ने भएका छन्। बाराका स्थानीय पत्रकारलाई समेत साथै लिएर प्रहरीले पत्रकार साहको खोजी गर्ने तयारी गरिरहेको बाराबाट महानगर संवाददाताले जनाएका छन्।

यसैबीच पत्रकार साह अपहरण भएको एक महिना बितिसक्दा पनि चुपचाप बसेको नेपाल प्रहरीले आज बिहान प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गरी पत्रकार साह अपहरणमा परेको खुलासा गरेको छ।
Read Full Discussion Thread for this article