Posted by: PallaGhareAntare November 6, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा

आउछकि चेली भनेर आमा दोबाटो धाएकी
तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती
सल्लाझै आमा सुसाई रहिन,
सल्लाझै आमा सुसाई रहिन एक्लै कोठामा

छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालै मा
भन्थेनी बाबाले आँशु झारी टिकाको थाली मा
त्यै आँशु टिका पठाइदिउकि,
त्यै आँशु टिका पठाइदिउकि प्रवासको पातमा

भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला
दिन भरि काग कराई रह्यो,
दिन भरि काग कराई रह्यो बेलको ठूटामा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

जदौ मंगलबारे बिहानीको।

Read Full Discussion Thread for this article