Posted by: भउते November 5, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

 

नेपे गुरुको बहुमुखी कलाकारितालाई सम्मान गर्दै शिरिष गुरु सँग म पूर्णत: असहमत छु।

राजेश हमाल एम. ए. सकेपछि पनि कलाकारितालाई निरन्तरता दिएको  कलाकार हो। मेरो अनुमानमा "याक्टर-नेपे" को आगमन "डाक्टर- नेपे" को आगमन भन्दा  अगाडि भएको हुनु पर्छ। उक्त भिडियोमा सर्टको टाँक खोलेर कम्मर मर्काउने नेपे भनेको पक्कै पनि अस्कलको चौरमा बदाम खाँदै "अड्केको कुराले बोलेको बोल बेग्लै,  चर्केको चुराले खोलेको पोल बेग्लै"  गजल सुनाउने नेपे हुनुपर्छ। तर सिने-कलाकारितालाई नै निरन्तरता दिएको भए एउटा स्थापित कलाकार बन्न सक्ने प्रबल सम्भावना चैँ यो भिडियो बाट नै देख्छु है म त।

 

अहिलेको "डाक्टर-नेपे" ले कपालमा जेल अनि कसिलो पाइन्टमा षोडसी मैयाँहरु सँग कम्मर मर्काएको देख्न पाइयो भने मात्र म शिरिष गुरु सँग सहमत हुन्छु।

मेरो अनुमान गलत छ भने लम्पसार परेर माफी मागेँ, नेपे गुरु।  

-भउते

Last edited: 05-Nov-07 12:25 PM
Read Full Discussion Thread for this article