Posted by: Birkhe_Maila November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

अस्ति फेला परेको ठिटोलाई हक दाबि गर्न आउन अन्तीम सुचना:

अस्ती शुक्रबारको दिन तारो हान्न गएका सैनिकहरुले फेला पारेर ल्याएको, च्याङ्बा भन्ने ठिटोलाई हाल सम्म कसैले हक दाबि गर्न नआएको परिस्थितीमा, आज बेलुकि सम्म मात्र उल्लेखित म्याद रहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ। निज युबकको स्थिती उस्तै रहेको र उसैगरि "मैच्याङ मैच्याङ" " खाच्चार खाच्चार" र " धादुरे धादुरे" नै भनिरहेको छ। आज बेलुकि सम्मको म्यादलाई मध्यनजर गरि आज दिनभरिमा हक दाबि गर्न आउनुहुन अनुरोध गरिन्छ। साथै आज बेलुकी सम्म कसैले लिन नआएमा, अस्ति भनिए बमोजिम निजलाई घरबार धान्नको लागि उपयुक्त जेथा सहित जीवनसंगीनि समेतको व्यवस्था गरिने छ।

गुल्माधिपती

गुठुरनाथ गुल्म

चौतारी

 

Read Full Discussion Thread for this article