Posted by: भउते November 4, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

ओहो ! गुरु,  बिना बुढाथोकी सँग कम्मर मर्काई मर्काई नाँच्न नि भ्याइसक्नु भएको रहेछ त। एउटा गजलकार र, अझ बढी, राजनैतिक विश्लेषकको रुपमा पहिले परिचित भएर होला, भिन्न प्रकृतिको बिधामा देख्दा अर्कै रमाइलो अनुभुति भयो। नढाँटी भन्नुपर्दा अचेल नृत्य बिधाबाट आएका कलाकारलाई छोडेर अरु औसत कलाकारको नृत्य भन्दा कम छैन, तपाईँको प्रस्तुति।  भिडियोको लागि धन्यबाद।

मार्क ट्वइनको भनाइ अत्ति नै मन पर्यो। जीवनको अन्तिम दशक तिर आफ्नो जीवन यात्रालाई फर्केर हेर्दा "कस्तो गरियो" ले भन्दा "के के गरियो" ले पक्कै पनि बढी महत्व राख्छ जस्तो लाग्छ मलाई नि।

अँ साँच्ची, नेपाली र हिन्दी सिनेमाको नृत्य निर्देशकहरुले रुखको चोके देख्नै नहुनी, हिरो वा हिरोइनलाई टाउको छिराउन लगाइ हाल्ने, किन रे'छ कुन्नि।

 

:-)

-भउते

Read Full Discussion Thread for this article