Posted by: gahugoro November 1, 2007
Recipe
Login in to Rate this Post:     0       ?        

तिहारका मिठाईं परिकार
राधाकृष्ण राजकणिर्कार
नन्द मिठाईं भण्डार
ममदु गल्ली, मंगलबजार

रोट
सामग्री
१ किलो मैदा
३ पाउ घिउ
३ पाउ चिनी
२ चम्चा बेकन पाउडर
१ चम्चा खाने सोडा
विधि
चिनी, घिउ, बेकन पाउडर तथा सोडालाई फिटेर त्यसमा पानी हाल्ने । विस्तारै मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभर िराख्ने । भोलिपल्ट मैदा बेलेर, काटेर घिउमा प|mाई गर्ने । खैरो भएपछि रोट तयार हुन्छ ।

बर्फी
सामग्री
१ किलो खुवा
१ पाउ चिनी
आधा पाउ नरविल
विधि
खुवा घोटेर चिनी हाल्ने । भत्भती उम्लिन थालेपछि त्यसलाई घोट्न थाल्ने । त्यसपछि एउटा सफा किस्तीमा राख्ने । केही क्षणपछि नरविलको धूलो छर्कने । पाँच घन्टा वा कडा भएपछि त्यसलाई बर्फीको आकारमा काट्ने ।


मसलाको लड्डु
सामग्री
१ केजी खुवा
४ पाउ घिउ, नरविल
खरबुजा, गुँड, काजु, बदाम, मसला, चिनीको धूलो
विधि
खुवालाई घिउमा हालेर घोट्ने । घिउ र खुवा मज्जाले मिसिएपछि केही समय त्यत्तिकै राखेर चिसो हुन दिने । त्यसपछि भाँडोबाट निकालेर किस्तीमा राख्ने । त्यसमा नरविल, खरबुजा, बदाम, गुँड, काजु सबैको धूलो हाल्ने । एकछिन मुछेपछि चिनीको धूलो मिसाएर डल्लो पार्ने ।

रिंग ऐंठा
सामग्री
१ किलो मैदा
३ पाउ घिउ
२ पाउ तिल
१ चम्चा खाने सोडा
थोरै बेकन पाउडर
विधि
मैदालाई गहिरो भाँडामा घिउ, तिल, सोडा तथा बेकनका साथ मुछ्ने । त्यसपछि घिउमा सेल आकार दिएर पकाउने । खैरो भएपछि झिकेर चिनीको झोलमा डुबाउने । एक घन्टा डुबाएर त्यसलाई ट्रेमा राख्ने, चिसो भएपछि रंिग ऐंठा खान तयार हुन्छ । यसलाई धेरै दिनसम्म राखेर खान सकिन्छ ।

रसबरी
सामग्री
४ लिटर दूध
१ लिटर फाटेको दूधको पानी
चास्नी
विधि
सबैभन्दा पहिले दूधलाई राम्रोसँग उमाल्ने । उम्लिएको तातो दूधमा एकदिन अघि फाटेको दूधको पानी हाल्ने । यसो गर्दा उम्लिएको दूध फाट्छ । अब फाटेको दूधलाई मलमल कपडाले छान्ने  । छानिएको लेदोलाई पिर्कामा हालेर पिस्ने । अलि मसिनो भएपछि डल्लो पारेर रुमालले छोपेर राख्ने । चौबीस घन्टापछि रसबरी आकारमा गोलो बनाई उमालेको चिनीमा हालेर पकाउने । पकाएको बेलामा चिनी उम्लिने हुँदा त्यसलाई अलिअलि तातोपानी छर्कदै पाक्न दिने र निकाल्ने ।


लालमोहन
सामग्री
१ किलो दूधको छेना
२ सय ५० ग्राम खुवा
१ पाउ मैदा
अलिकता बेकन पाउडर
३ किलो घिउ
विधि
दूधको छेना, मैदा, खुवा, बेकन पाउडर सबैलाई एउटै भाँडोमा राखेर मुछ्ने । केही समय मलमलको कपडाले छोपेर राख्ने । एक घन्टापछि त्यसलाई गोलो बनाई घिउमा प|mाई गर्ने । खैरो भएपछि पातलो चिनीको झोलमा डुबाउने । नरम भएपछि अलि बाक्लो चिनीको झोलमा डुबाउने । खैरो भएपछि लालमोहन खान तयार हुन्छ  ।

अनरसा
सामग्री
१ किलो ताइचिनको चामल
४ पाउ चिनी
१ पाउ तिल
२ किलो घिउ
विधि
राति ताइचिन चामललाई भिजाउने । भोलिपल्ट चामल पिस्ने । चिनीलाई बाक्लो गरेर पकाउने । चिनी बाक्लो भएपछि त्यसमा पीठो मिसाएर घोट्ने । त्यसलाई चौबीस घन्टा त्यत्तिकै राख्ने  । भोलिपल्ट फेर िनरम हुने गरी मुछ्ने । मुछिएको चिनी तथा पीठोलाई स-साना गोलाकार बनाउने । त्यसमाथि तिल राखेर हातले रोटीको आकार दिने । त्यसपछि घिउमा पकाउने । खैरो भएपछि त्यसलाई निकाल्ने ।

पञ्जावी
फिनी
सामग्री
१ किलो मैदा
४ पाउ घिउ
विधि
मैदा मुछेर पातलो हुने गरी बेल्ने । घिउ तथा मैदालाई राम्रोसँग फिट्ने । त्यसपछि पीठोलाई फोल्ड गर्दे लाने, त्यसपछि काट्ने  । काटेपछि चारपाटे बनाएर बेल्ने । त्यसलाई घिउमा ८ मिनेटसम्म पकाउने पञ्जाबी फिनी तयार हुन्छ ।


ल्वाङफूल
सामग्री
१ किलो मैदा, २ पाउ घिउ, चास्नी, आधा पाउ नरविल, थोरै केशरी
विधि
शुद्ध घिउ तताउने । मनतातो भएपछि त्यसलाई निकालेर १ लिटर पानी हाल्ने । त्यसपछि उक्त घिउ-पानीमा मैदा हालेर मुछ्ने  । त्यसलाई गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि पानी हाल्दै फोल्ड गर्दै थिच्ने । यसो गर्दा यसले एउटा निश्चित आकार लिन्छ । त्यसपछि यसलाई घिउमा पकाउने  । ५-६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने । सेलाएपछि यसलाई चिनीको घोलमा डुबाउने । चास्नीबाट निकालेपछि त्यसमाथि नरविल तथा केशरी छर्कने ।


लाखमरी
सामग्री
१ किलो ताइचिन चामलको पीठो, २ पाउ घिउ आधा किलो मास, चास्नी
विधि
ताइचिन चामललाई एकदिन भिजाउने तथा एकरात सुकाउने र भोलिपल्ट पिस्ने । बिहान मास भिजाएर बेलुका बोक्रा निकालेर पिस्ने  । पिसेको मासलाई अलिअलि पानी हालेर फिट्ने । घिउ, चामलको पीठो तथा मास हालेर फिट्ने । नरम भएपछि बीचमा प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने । सेप बनेपछि कराहीमा हालेर खैरो हुने गरी पाक्न दिने । पाकेपछि किस्तीमा निकाल्ने । सेलाएपछि चिनीको बाक्लो उम्लिएको झोललाई ब्रसले पालिस लगाएजस्तै रोटीमा लगाउने । लाखमरी महिनौंसम्म राखेर खान सकिन्छ ।

"Nari"

Read Full Discussion Thread for this article