Posted by: Deep November 1, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

"तँलाई त देख्न पनि सक्दिन भन्थी" मैले सुनाई दिएँ। ----

"हेर दीप, मलाई यो केटीहरुको कुरामा तेरो केई बिश्वास छैन -- तैले जे पनि भन्छस -- मैले धेरै चोटी चेति सक्या छु" उस्ले सजिलै भन्यो।

"अब उस्ले भन्या त्यसै हो मलाई -- उसलाई चुरोट सुरोट खाको नी मन पर्दैन रे -- भन्थी-- तैले जैले चुरोट तान्छस रे -- मनै पर्दैन बाङ्गे टिङ्गे रे -- के के भनी के  के" मैले थपेँ।

" चुरोट तान्ने बेलाँ सबैले तान्या छन उस्ले देख्ने बेलाँ चै मैले मात्रै तान्या देखी रे? चाईने नचाईने कुरा नगर त -- मैले त पैले भन्या हो नी तेरो कुराको बिश्वास छैन भनेर " बाङ्गेलाई असर परेन।

"पछी लागी राख्त उसो भए -- कुन दिन झटारो हान्छे सराप्दै अनि ट्वाक पनि आईलाग्छ ---त्यस पछी मलाई पैलेई भन्देको भए भन्दै म कहाँ आईस् भने हुक भेटछस मेरो पनि" आफ्नो कुराको असर नपरेको देखेर मैले अलि नाटकिय ढङ्गले उस्लाई साबधन गरे जस्तो गरें।

"जे भन्नु छ उसैले भन्छे -- जे गर्नु छ उसैले गर्छ -- सरापे पनि अङ्गाले पनि यो उस्को र मेरो कुरा हो तँलाई के को पीर? सक्छस भने तँ पनि लाग न -- छान्न दे उसैलाई -- ट्वाक आईलाग्यो भने लाग्यो --देखा जाएगा-- मलाई तर्सार तँ उस्लाई एक्लौटी पारम्ला भन्ने बिचारले आ भए जा घर" बाङ्गे त झन दृढ पो भयो।

"ल ल भयो छोड तेस्को कुरा -- बरु आज के गर्ने हो?" मैले सोधें।

"कस्तो के गर्ने? यस्तो चिसो छ बौध जाने नी" उस्ले भन्यो।

"अनि गाँठ?" मैले सोधेँ।

"गाँठले कैले छेक्या छ?" उस्ले सोध्यो। त्यै प्रस्नमा मैले जबाफ पाएँ।

"ल त ल भात खाईसकेर यसो एक छिन पढ्या जस्तो गर्नु पर्ला अनि जाम्ला त" भन्दै म उठें। उ अझै ओछ्यानमै थ्यो।

घर् आईयो भात कार्यक्रममा लागियो तरकारीमा दोष लाईयो तर थपि थपि खाईयो।

भात खाईसके पछी यसो पढ्नु पर्यो भन्या एका तिरको पानामा कबितै कबिता अर्को तिरको मा चेतना। कता पढ्ने के पढ्ने? ठीटीहरुले दिन भाँडथे -- रात बिथोल्थे -- अब पढाई पनि ध्वस्तै पार्ने भए भन्ने पिर नलाग्या पनि हैन तर त्यो पिर अरु जस्तो थिएन -- धुवाँ जस्तो थ्यो -- रमाईलो आगोको धुवाँ।

धुम्माराईतिर बाट गैयो बौध त्यतै बाट फर्किईयो। बाङ्गेको कार्यक्रम थ्यो त्यो लोहनीको घर तिर। उस्को कार्यक्रम भनेको अब उही त हो नी।

भोली पल्ट बिहानै सुपारी आयो पसुपती जाम भनेर। गै ल्याकै हो। तयार भैयो। सुपारी र म पैले ट्वाककाँ गईम--बाङ्गेलाई पनि लिएर ट्वाककाँ जान मन लागेन। चेतना चोकमै थिई -- सुपारीले ट्वाक सोध्यो -- उस्ले एक चोटी हामी तिर पुलुक्क हेरेर ट्वाक घरमै भएको बताई। सुपारी ट्वाकलाई बोलाउँदै घर भित्र छिर्यो म भने चोकमै उभी रहेँ। जति हेर्यो उस्लाई त्यति राम्री लाग्यो। हिँजो देखी त झन। बाङ्गेले भन्या जस्तो नाम चेतना भए पनि बेहोस त बेहोसै पार्ने हो उस्ले। 

उस्ले म तिर हेर्यो की मेरा आँखा फेरी अन्तै पुग्ने। एक चोटी त आँखा जुधेकै बेला सोधी "के?"


के भन्ने मैले अब? तर 'जे सोच्या हो त्यौ" फुत्तै निस्कियो मुखबाट। उस्ले एकोहोरो हेर्दै थिई ट्वाक र सुपारी भर्याङ्गबाट ओर्लेको सुनें अनि म चोकबाट बाहीर निस्कें। बाहीर साधु भएर उभीएँ।

अनि बाङ्गेकाँ गैयो। कबिताको कुरा ट्वाकले गर्ला भन्ने पिर थ्यो तर ट्वाकले त्यो कुरा बिर्सी सकेछ क्यारे। मलाई पो तेसकै धुन थ्यो र उस्लाई त केई न केई।

डबलीबाट मालीगाउँतिर लागियो कोटालटोल पछीको ओरालो लाग्दै। दुई चार बटा मालीगाँउले घुम्ती काटे पछी ज्ञानेस्वर तिर बाट आएको बाटोमा मिस्सीएर लागियो बायाँ कालोपुल तिर।

कालो पुल तर्ना साथ सिधै उकालो नलागेर दाइने लागियो अनि रातो पुल तिर बाट आएको बाटोमा मीस्सीएर देब्रे तिर उकालो लागियो गौसाला तिर। अनि बनकाली हुँदै पुगियो पसपती भस्मेस्वरको बाटो। बागमतीमा पुगेर ब्रम्हनालमा पानी चढाईयो अनि एक अंजुली पानी कलि भन्नेलाई चढाउन पुगियो। त्यो कालो कलिलाई देखेर बाङ्गेले भन्यो "यो कलि पनि सधैं बामको बामै भो-- कैलेई बढ्या देखीएन --"

माथि पसपतीमा फन फनी घुम्दै बासुकी तिर पुगीयो। जुन चै मन्दीर घुमे पनि हात घिसार्दै हिन्ने चलन थ्यो -- मन्दीर सकिन्थ्यो अनि हात ढोग्यो। अनि त्यो एउटा अध्यारो कोठाथ्यो तेस्को झ्यालाँ गएर जय शम्भो भनिन्थ्यो खै किन हो। अनि त्यो सत्तल अघि उभिएर यसो पारी हेर्यो ब्रम्हनाल तिर हेर्यो ---- कुनै तरुनी भक्तिनी कतै देखीयो भन्यो घुर्यो हैन भने त्याँ एउटा मन्दीरको माथि भएको षटकोणमा पैसा अड्याउन खोज्यो हिन्यो। त्यस्तै गरीयो सधै झै।

अनि हनुमान घुमेर जगतजंगले चढाको अजङ्गको साँढे भन्दा अघिको बीर सम्सेरले चढाको लिखुरे साँढे घेर्या ग्रिल चढेर पशपती दर्शन गर्दै थें लाईनमा कबिता देखें। पसपतीको जात्रा सिद्राको बेपार भन्थे -- आफ्नो पस्पतिको यात्रा मनको जात्रा भै गो। --

Read Full Discussion Thread for this article