Posted by: stopthewar October 31, 2007
HAPPY DIWALI 2064
Login in to Rate this Post:     0       ?        

दिदी बहिनीको घरमा जान पाईयोस

उनीहरुले पकाएका सेल रोटी खान पाईयोस

मखमली र सयपत्रीको माला लाईयोस

हरेक घरमा रुवावास होइन देउँसी भैलो गाइयोस्

धम्की दिन र चन्दा लिन नआइयोस

अपहरण, हत्या, आतंक मच्चाउन नपाईयोस

आफ्नै मातृभूमीको राष्ट्रिय झण्डा नजलाईयोस्


परम्परा र संस्कृतिमाथि बलात्कार गर्दै गृहयुद्ध नफलाईयोस

हजारौं सन्ततिको लाश हेरेकी मातृभूमीलाई नगलाईयोस

पापी, अधर्मी, राक्षस हरुको छिट्टै मलामी जान पाईयोस

शान्त समुन्नत नेपाल सवैको चाहना

दीपावली २०६४ को यही छ शुभकामना ।

Read Full Discussion Thread for this article