Posted by: Deep October 31, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

मनमा कुरा आको मात्रै के थ्यो ट्वाक अगाडी देखें।  ---


नबिराउनु नडराउनु भन्थे क्यारे -- गर्या सर्या त खास केही हैन त्यै पनि डर लाग्यो -- ब्यान गर्देला ट्वाकले घर आउनि भनेर। धन्न देखेनछ क्यारे गफ गरीरा तेस्को बैनी सँग (अब कति तेस्को बैनी तेस्को बैनी भन्नी हैन? नामै भन्दीम न -- चेतना ल तेस्को नाम)-- ट्वाकले सोध्यो "के गर्न ला?"

"गर्न ला त थ्यो केई तर तै भिलेन पल्टीस नी" भन्नु पर्ने थ्यो तर "केई न केई तैंलाई कुरीरा" भन्दें।

"किन?" भन्यो उस्ले।

"बे को लागी केही काम गर्नु छ कि भनेर" सुनाएँ।

"उस्ले म तिर पुलुक्क हेर्यो मात्रै अनि घर तिर अघि बढ्दै भन्यो "अहिले त खास केही छैन अलि अलि सामान किन्न जानु छ -- पछि किनेनी हुन्छ -- हिन माथि।"

उस्ले "माथि हिन" भने पछी पक्का भो ट्वाकले देखेनछ चेतना सँग शब्द साटासाट गर्या। माथि ट्वाकको कोठामा पुग्दा पुग्दै भान्छा तिर हेरेर उ करायो "आमा च्या पठाईदिनु न -- दीप पनि छ"। अनि म तिर हेरेर भन्यो "क्या चिसो यार बाहीर त"।

चिया त चेतनाले पो ल्याई -- धेरै जसो एउटा केटोले ल्याउँथ्यो। बैनी चैंले च्या ल्याको देखेर ट्वाकले त्यो केटो खै? भनेर सोध्यो। उस्ले तरकारी तेल किन्न गा छ भनी -- म तिर एक चोटी पनि हेरीन। केटी पोख्त रै छे भन्ने लाग्यो। चिया राखेर उ गै हाली।

चिसोमा चिया र चुरोटको मिश्रण गज्जब हुन्थ्यो। घरमा तान्न भएन। चिया सकेर मैले यसो चुरोट देखाए पछी ट्वाकले "हिन" भन्यो। बेखालालको घर पछाडी बारीमा गएर तानियो चुरोस अनि अलि ढुक्क भो।

ट्वाक त अहिले मेरो लागि दुइटै हातमा लड्डु लिएर बस्या थ्यो -- हुन त जुन भए पनि हुने तेसमा पनि दुईटै भए झन राम्रो। आशै त हो। गर्दैमा के बिग्रिन्छ र?

घर तिर आउँदै गर्दा बाङ्गे कहाँ छिरें। सोचें चेतनाको कुरा चै भन्छु यस्लाई। आखिर यसै मन पराउन्न रैछे उसै। बाङ्गेले केही गर्न खोजे चेतना झन भडकिने छनक मैले पाको थें। ट्वाकलाई बैनी चाई ले बाङ्गेलाई उस्ले कस्तो मन पराउन्न भन्या भे त ट्वाकले बाङ्गेलाई घर आउन अप्र्त्यक्ष रुपमै भए पनि निरुत्साहित गर्थ्यो होला तर तेस्तो अचेल गरेको थिएन। किन होला जस्तो लाग्यो। सोचें या त चेतनाले ट्वाकलाई बाङ्गेको बारेमा केही भनेकै थिएन -- भनेकै भए पनि ट्वाकको लागि खुसीको कुरो थ्यो क्यारे। " म त बाङ्गे भनेसी हुरुक्कै हुन्छु" भनेर बैनी चै ले भन्या भए पो खतरा महसुस गरेर ट्वाक साबधान हुन्थ्यो होला "मनै पर्दैन मुर्दार" भने पछी ट्वाकलाई के को पिर?

यस्तै कुराका लहर मनमा उठ्दै हराउँदै थे म पुगें बाङ्गे कहाँ।

उ त अझै ओछ्यानमा गुटुमुटु गुडुल्की रा रे छ। "काँ बाट तँ यति ब्यान ब्यानै?" उस्ले सोध्यो-- अनि थप्यो "चिया खाने?"

"चिया त म खाईहोरी आको ट्वाककाँ अनि ल्याको कल्ले भन्न च्या? चेतना ले -- क्या मुस्कान दि यार सेन्टीफ्लाट हुने गरी"

"नाम चै चेतना रे तेस्को है होसमा भाका एउटा एउटालाई बेहोस पार्छे भन्या" बाङ्गेको अनुहार उज्यालो भयो उस्को कुरा उठनासाथ।

"अघि बुझिनस -- ट्वाक काँ गा त्यो रैन्छ है अनि फर्किन ला थें चेतना आई रा भन्या कुरा गर्न --" भन्दा भन्दै मेरो अनुहारमा पनि घाम उदाएझै रनक आयो जस्तो लाग्यो।

बाङ्गेले तिखो घुर्यो र भन्यो "काम पाईनस ब्यान ब्यान?"

"हो भन्या मरीजाम" मैले भनें।

"तैले सपनाको कुरा गर्या की बिपनाको?" उस्ले अझै पत्याएन।

"नपत्याए नपत्या -- हुन त तँलाई त सपनाकै कुरा भए ठिक्क छ" भनें।
"किन?" उ अलि चिन्तित भो।

"तँलाई त देख्न पनि सक्दिन भन्थी" मैले सुनाई दिएँ। ----

Read Full Discussion Thread for this article