Posted by: Birkhe_Maila October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

घोर भर्तसना-

हालै चौतारीमा जिम्माल भनिने बिर्खे माइला भनिने बिर्खबहादुर बोगटीको दोश्रो, तेश्रो र अझ चौथो बिहा सम्म हुन लागेको कुराहरु सुनिन आएकोमा उक्त कुराहरुको हामि घोर भर्तसना गर्दछौँ। उक्त हल्ला नितान्त आधारहिन, कपोलकल्पित, पूर्वाग्रही, र चौतारी समाजमा अन्यौलको वातावरण सृजना गर्ने तर्फ उन्मुख तथा दुराग्रही भएको व्यहोरा हामि उल्लेख गर्न चाहन्छौँ। यो हल्लाले  बिर्खबहादुरलाई घरमा नै रणचन्डीको प्रकोप सहन बाध्य हुन पर्ने स्थिती समेत आउने सम्भावना हुँदा यस्ता निराधार हल्लाको पछि नदौडनुहुन हामि सम्पुर्ण चौतारिबासि तथा हाम्रो घरबासीलाई हार्दिक अनरोध गर्दछौँ।

बिर्ख बहादुर बोगटी

मिती अक्टुबर २५ रोज ५ शुभम्

Read Full Discussion Thread for this article