Posted by: ritthe October 24, 2007
Login in to Rate this Post:
0
?
भावपूर्ण लेखाइ, अत्यन्त राम्रो लाग्यो, धन्यवाद सुन्तले जी
मलाई घत लागेका बुदाँ हरु :-
"कति सकुँला म मेरा अन्तरंगहरुलाई यसरि उसिनिरहन। कति सकुँला म मेरा आत्मियताहरुलाई यसरी वन्दि बनाइराख्न।
कति सकुँला म मेरा अपनत्वहरुलाई यसरि सिरानि मुनि खुसारिरहन। कति सकुँला म एक्लै एक्लै यो रुखो chinese भात खाइरहन।
कति सकुँला म एक्लै एक्लै यो मिठो सपना बुनिरहन। मलाई सपना हैन विपना चाहिन्छ। मलाई कल्पना हैन यथार्थ चाहिन्छ।
मलाई भविस्य हैन वर्तमान चाहिन्छ। मलाई एकलास यो एक्लोपना हैन तिमि चाहिन्छ।"
"म अनमोल निदाउन चाहन्छु, तिम्रा पाखुरिका सिरनिहरुमा। म अविरल हराउन चाहन्छु- तिम्रा नयनहरुमा।
म लामो सुस्केरा हालेर थकान मेटाउन चाहन्छु - तिम्रा न्याना सपन्दनहरुसंग।
म चाहन्छु - यो हामी बिचको पर्खाल गर्ल्यामगुर्लुम ढलोस् र हाम्रा समिप्यताहरुलाई, हाम्रा निकटताहरुलाई र हाम्रा सह-अनुरागहरुलाई उद्वेलित गर्नबाट केहि कसैले रोक्न नसकोस्।"