Posted by: happy days October 24, 2007
Petroleum Prices Hiked Again
Login in to Rate this Post:     0       ?        

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलको खुद्रा मूल्यमा रु ६, डिजेलमा रु २, मटितेलमा रु ३ र खाना पकाउने एलपी ग्यासमा रु २ सय प्रतिसिलिण्डर बढाइएको छ । ७ कात्तिकमा मूल्यवृद्धिको निणय गरिएपनि ८ कात्तिकबाट लागू हुनेछ ।

नयां मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य रु ७३, डिजलको ५६, मटितेल रु ५१, खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर रु ११ सय रहने व्यवस्था गरिएको छ । यसअघि पेट्रोलको खुद्रा मूल्य ६७, डिजलको ५३, मटितेल ४८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु ९ सय थियो ।

सरकारका तफबाट आपूर्ती मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले अभावको अन्त्य गरी नेपाल आयल निगमलाई पर्दै आएको करोडौंको घाटा कम गर्न मूल्य समायोजन गर्न वाध्य भएको बताउनुभयो । उहांले आपूर्ती सहज बनाइ अभावको अन्त्य गर्न वाध्य भएर कदम चालिएको बताउदै भन्नुभयो,'परिस्थितिलाई बुझेर सबैले मनन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।' उहांले दलहरुबीच सहमती भएअनुरुप सरकारले मूल्यवृद्धिको निणय लिएको बताउनुभयो ।

मूल्यवृद्धि गरिएपनि आयल निगमलाई मासिक ७ करोड घाटा पर्ने बताउनुभयो । हालसम्म ११ अरब ५३ करोड दायित्व बोकिसकिएको बताउदै इन्डियन आयल निगमलाई मात्र अरबौं रुपियां तिर्न बांकी रहेको बताउनुभयो ।

निगमले घाटा व्यहोरेकाले इन्डियन आयल निगमलाई बक्र्यौता तिर्न नसक्दा आपूर्ती असहज बन्दै आएको छ । पेट्रोलियम पदार्थ र ग्यासको अभावले र्सवसाधारण निकै मर्कामा पदैआएका छन् ।

http://namasteeurope.com/news/breaking.php?Action=Full&NewsID=4170

Read Full Discussion Thread for this article