Posted by: Birkhe_Maila October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

टुँSSSSsssssss!

यो समय मुना चियाको हो।

यो रेडियो चौतारी हो। अब बिर्खबहादुर बाट टाकटुके समाचार सुन्नुहोस।

प्रमुख बिपक्षीदल चौकपा बेहालेका महासचिब गधाव मान चौतारीले आफ्नो नाम परीवर्तन गर्ने समाचार प्राप्त भएको छ। महासचिब चौतारीले एक अधिवेशनमा भन्नुभयो, राजनितीमा आएदखि नै उनको सपना चौतारी देशको प्रधानसेन्ट्री बन्ने रहेको तर पटक पटक आफुलाई पछारिँदै गरिएकोमा, यसपटक पनि उनको बोलिको केहि भाउ नभएकोले आफ्नो मान तथा सम्मान सबै गुम्न गएको कारणले उनले आफ्नो नाम बाट 'मान' हटाई केवल 'गधाव चौतारी' राख्ने निर्णय गरेका छन्।

चौतहट बन्दनिगाहपुरमा  शसस्त्र कमिला तथा फटेङ्ग्रे कराई मोर्चा  छापामार बिच भएको दोहोरो भिडन्तमा कम्तीमा पनि करिब १२ फट्याङ्ग्राहरुको मृत्यु भएको समाचार प्राप्त हुन आएको छ। करिब ३० जना खेतका फट्याङ्ग्राहरुले २ जना बारिका फट्याङ्ग्राहरुको टारी खेतमा गरेको नृशंस हत्याको लगत्तै बन्दनिगाहपुरमा लागेको कर्फ्यूको समयमा उक्त भिडन्त भएको थियो।

चौकपा (खाओबादी) का अध्यक्ष अखन्ड द्वारा साजतन्त्रको अन्त्य, गणतन्त्रको घोषणा, सम्पुर्ण खाओबादी नेता कथा कार्यकर्ताहरुको नस्लसुधार, सबै चुनाबि क्षेत्रबाट आफ्ना प्रतिनिधीको बिजय निश्चित र आफ्नो पार्टीले देखेका सम्पुर्ण राम्रा तथा नराम्रा सपनाहरु संसद बाटै साकार नबनाइए सम्म सम्भिधानसभा स्थगित गर्नु पर्ने कुरामा जोड दिनुभयो।

समाचार समाप्त भयो

 

Read Full Discussion Thread for this article