![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हामी नेपाली हौँ त्यसैले हाउँरो चित्त नि नेपाली हो, धेरै दुख्छ। जब चित्त दुख्छ, सार्है नराम्रो गरेर दुख्छ। कहिले काँहि लाग्छ यो चित्त भन्ने चिजै नभएको भए कत्ति रमाइलो हुन्थ्यो। फेरि, चित्त नभएको भए के दुख्ने? पित्त दुखे अपरेसन गर्न हिड्न पर्छ पत्थरी भयो कि भनेर, बरु यो चित्त दुखे एकछिन् हाउँरो रिट्ठेले जस्तो रंगीचंगी लेखेर निको पारिदिन्छ। तर नेपाली पाराको चित्त दुखाई धेरै बेर सम्म रहिरहदैन। बिदेशाँ बस्दा यो चित्त दुखाईको इन्टेन्सिटी अलि हाइ भएपनि धेरै समय सम्म टिकिरहन सक्दैन, नेपाली न पर्यो। कुन कुरामा नेपाली धेरै टिकेका छन् र? धन्न यो चौतारी मात्रै टिकेको छ अहिले सम्म, यस्ले नि कत्ति चोटी चित्त दुखाइसक्यो, पित्त फुटाइसक्यो। पित्त फुट्दाको अनुभव चित्त दुख्दा को जस्तो हुन्न। यस्को त असर धेरै कुरा मा पर्छ। यस्लाई रिट्ठे को रंगी चंगी लेखाईले बिसेख पार्न सक्दैन। न त मदनवाको जे राम जि कि ले पार्छ? झन गाह्रो छ। पित्त दुखे डाक्डरको मा जाने, चित्त दुखे कहाँ जाने? चौतारीमा आएर रिट्ठेको रंगी चंगी लेखाई पढ्ने!
जदौ!!