Posted by: ritthe October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        


हामी नेपाली हौ ठुल्दाइ, त्यसैले चौतारी सुनसान छ
रिट्ठे बौलाये छ भन्नु होला
तर देश छोडेर बिदेश आउँदा धेरै कुराहरु छोडेर आएपनी 'नेपाली' लिएरै आएका छौ सबैले
फेरी पनि भन्छु म हामी नेपाली हौ , त्यसैले चौतारी सुनसान छ
कारण, ठुल्दाइले लेख्नु होला नि त, अहिले जिम्माल बा आउछन अनी लेख्छन, उफ्री आउली अनी रमाइलो होला, ठुलि पनि त छे, लेख्लान नि त
कसैले त केही लेखेको छैन, म एक्लै के भट्ट्याइरहनु ठिस् जस्तो
आदी इत्यादी सोचाइबाट हामी ग्रसित छौ
त्यसैले चौतारी सुनसान छ
(कसैलाई ठेस पुगेमा माफ पाउ !)


Read Full Discussion Thread for this article