Posted by: chipledhunga October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

आज किन साथी मलाई रुँ रुँ लाग्छ
आज किन साथी मलाई रुँ रुँ लाग्छ

जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रुँ रुँ लाग्छ

श्युपुरिको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रुँ रुँ लाग्छ

कान्छी रुन्थिन् नजाउ भन्दै बाटो छेकी छेकी
अर्को दशैं नआउँदैमा मरिने पो हो कि
आज किन साथी मलाई रुँ रुँ लाग्छ

ढिलै भए नि दशैंको शुभकामना सहितको मंगलबारे जदौ यो बिर्खे माइलाको।

Read Full Discussion Thread for this article