Posted by: gahugoro October 21, 2007
Jharna Bajrachrya got married
Login in to Rate this Post:     0       ?        
काली झरनाको गोरासित बिहे
-
ऋषि धमला
चर्चा र विवादमा आइरहने सुन्दरी एवम् सेक्स बम नायिका झरना बज्राचार्यको बिहेको साइत बल्ल जुरेको छ। बेलायती तन्नेरी वारेन करारसित उनको हालै स्वयम्बर भएको हो। भन्छिन्, 'थुप्रै नेपाली केटासित मेरो अफेयर्स चलेको हो। तर, स्मार्ट, राम्रो इमेज भएको र कमाएर पाल्न सक्ने नेपाली केटा मैले भेटिना।'
झरनाले प्रेमविवाह गर्न लागेकी हुन्। उनले घटना र विचारसित भनिन्, 'गोरा मजाको छ। उसले मज्जाको सन्तुष्टि दिन सक्छ।' स्वयम्बर अहिले गरे पनि सेक्स पहिल्यै भएको झरना लुकाउादिनन्। सेक्समा उनी खुला छिन्। भन्छिन्, 'हो, म सेक्समा उदार केटी हुा। विवाह जहिले गरे पनि प्रेम बसेपछि सेक्स हुनु अस्वाभाविक होइन।' वारेन सेक्समा ट्यालेन्ट भएको उनको अनुभव छ।
नायिका झरनाका विचारमा प्रेम भएपछि सेक्स सामान्य हो। यसले महाआनन्द दिन्छ। अब उनी नेपाली चलचित्र खेल्ने विचारमा छैनन्। बरु नयाा ढङ्गको जीवन बिताउने विचारमा छिन्। 
धेरै नेपाली नायिका विदेशीसाग घरजम गर्न लागेका बेला झरनाको विवाहको टुङ्गो लागेको हो। 
त्यसो त नेपालका सुन्दरी नायिकाहरूको गोरो छाला मोह बुझिनसक्नु छ। काली झरनाभन्दा अघि सारंगा श्रेष्ठले पनि विदेशीसागै विवाह गरेकी हुन्। मोडल सराहा गुरुङले विदेशीसाग विवाह गरेको चर्चा सेलाउन नपाउादै झरनाको विवाहले रंगजगत् तातिएको छ। नेपाली फिल्म क्षेत्रमा 'काली काली हिस्सी परेकी नायिका' भनिने झरना पूर्व मिस नेपाल पनि हुन्।
रंगीन दुनियाामा पदार्पण गरेपछि परिवारसाग सम्बन्ध चिसिएको थियो झरनाको। सिद्धार्थ वनस्थलीबाट एसएलसी उत्तीर्ण गरेकी उनलाई चुलबुले केटीका रूपमा चिन्नेहरू धेरै छन्। काली भनेर जिस्क्याउनेहरू उनी मिस नेपाल बनेको सुन्दा छक्क परेका थिए। मिस नेपाल भएपछि चलचित्र क्षेत्रमा पाइला टेकेकी उनको सम्बन्धबारे निकै टीकाटिप्पणी पनि भए। प्रायः विदेशीसाग सम्बन्ध जोड्दै हिाडेको भन्दै उनको आलोचना पनि भए।
 झरनालाई नजिकबाट चिन्नेहरू १० वर्ष जेठा बेलायती वारेनसाग बिहेको साइत जुर्नुलाई अचम्म मान्दैनन्। 'गोरो छाला देख्यो कि लठ्ठै पर्ने चलन बढेको छ,' एक चलचित्रकर्मी भन्छन्। विदेशीको बिहे र पारपाचुके सामान्य हुने भएकाले झरनाको विवाह सम्बन्ध कति लामो हुन्छ, त्यो भने हेर्न बााकी नै छ। 
Read Full Discussion Thread for this article