Posted by: Rahuldai October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

दशैंको म:म:

दशैं मनाउन सबै यता उता लागे जस्तो छ। बर्ख दिन मा आउने चाड, मनाउनै परो नि। १२ बर्ष पछि बल्ल गाउं पस्ने हिम्मत गर्दै छन् धेरै जना।
उहिले हाम्रो पालामा दशैंको छुट्टी सुरु हुने बित्तिकै काठमाण्डौका शहर गल्लीहरि बिस्तारै पातलिदै जान्थ्यो। सप्तमीको फूलपाती संगै शहर् सुनसान हुन्थ्यो।
बजार बन्द हुन्थ्यो।
अब यस्तो बेलामा ठुल्दाईलाई म:म: खान मन लाग्ने।
अै एस्सी पढ्दाको कुरा हो। दशैंको लगत्तै म: म: खान मन लाग्यो। टिकाको पर्सी पल्ट द्वादशीको दिन म र टोलक एक साथी संग म:म: खान हिंडे।
तीन त्रिभुबन खोजियो म:म: पसल भेटिएन।  ३ घण्टाको अनवरत प्रयास पछी पनि म:म: न भेटे पछि न्यूरोडमा एकवटा देशीको समोसा पसल खोलेको रैछ, समोसालाई ममचा सम्झी खाइयो। भोलि पल्ट पनि खोजियो। अहं ज्यान गए भेटिएन। 
पूर्णेको दिन त पसल् खुल्छ होला भन्ने बलियो आशा लिएर गैयो, म:म: पसल् खोज्न।
भोटाहिटीबाट कमलाछि जाने गल्लीमा टाढाबाटै हरियो पर्दा देखियो। मनमा बडा आनन्दको सम्चार सुने जस्तो, मधुरो झंकार सुने जस्तो भो। लाले, उ -हरियो पर्दा।
लाले नि हौसियो।
५ दिनको लगातार हार नमानी खोजकार्य गरेको को फल मिले जस्तो भयो।
पसल नजिक पुग्दा, हो रै छ, खुलेको। गजधम्म लाएर बसियो। साहुजी म:म: खाम  न त।
साहुजी त यामान् को भोटे रैछ।
"बफ ता छैन, च्याङ्राको मोमो खाने भए छा"  भन्नथाले।
पिलेटको कति नि?
पिलेटको ७ रुपैया।
हिसाब गर्यौं, २ पिलेटको १४, बफ को भए ८ मा खान पाइन्थ्यो। अब त्यत्रो दिनको प्रतिक्षा पछि भेटेको म:म: च्याङ्राकै भए नि सही भन्दै २ पिलेट मगाइयो।
भोटे म:म:  साइज नै  चाइना जत्रो। ४ ओटा को १ पिलेट हुने रैछ। म:म: भिमाकाय: भएकोले सिङै हाम् गर्ने कुरा भएन। पहिलो म:म: लाई खण्डित पारेर एक टुक्रा मुखमा के हालेको थिएं। फेरि तीन त्रिभुवन् देखें। भोटेको बिषेश सुगन्ध अौने म:म:। बल्ल  तल्ल १ ओटा मम खाइयो, खान नसक्ने भए पछिअैयो, ७ रुपैयाको १ ओटा म:म: खाएर हिडियो।। त्यस पछी जिन्दगीमा त्यो गल्लीबाट हिड्दा नि त्यो हरियो पर्दा लाई छद्के पारेर हिड्न थालें।

Read Full Discussion Thread for this article