Posted by: gaalab October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
राहुल दाइ, तारेमाम् हौ!

सप्पै जनालाई शुभकामना छ दशैंको!

ए थुली! हेल न। मैले नि तिम्लाई कम्ता मिस् गलें ल? तल, हेल न!  बाटोमा हलाएल चौताली आउनै सकिन।
चौतारी खोज्दै म त चार कोशे झाडी पो पुगेछु त!
अनि, एउटा रुखलाई सोधें, यो चौतारी हो? उसले हैन भन्यो।
अनि अर्को रुखलाई सोधें, यो चौतारी हो? उसले हैन भन्यो।
(फेरि अर्को रुखलाई सोधें, यो चौतारी हो? उसले हैन भन्यो। ) x 10^6
अनि अर्को रुखलाई सोधें, यो चौतारी हो? उसले हो भन्यो।
अनि म आइपुगें। Ehhhhhhh


त्यतिबेला-यतिबेला
त्यो बेला,
झन्डी बुर्जा खेल्ने रहर
जुटपत्ती खेल्ने रहर
जात्रा जाने रहर
चंगा उडाउने रहर
केही थाती राखेर
केही बाँकी राखेर
सोध्न मन लाग्थ्यो,
 "के यो दशैं पैसावालको लागि मात्रै हो?"
"के यो दशैं ठुलालाई मात्रै हो?"

यो बेला,
आशिष थाप्ने रहर
साथी भेट्ने रहर
टीका लाउने रहर
पिङ् खेल्ने रहर
सबै थाती राखेर
सबै माया मारेर
सोध्न मन लाग्छ,
"के यो दशैं समयवालको लागि मात्रै हो?"
"के यो दशैं भुरालाई मात्रै हो?"

अस्तु:।
Read Full Discussion Thread for this article