Posted by: Birkhe_Maila October 19, 2007
Login in to Rate this Post:
0
?
धेरै समय सम्म टड्पीएपछि, यसरी कुरा बुझ्न पुगेछन् लेखक-
-निर्मल ढुङ्गाना
-अभिव्यक्ती- अंक १३०,भाद्र २०६३
एकान्त नै जिन्दगीको साथी रहेछ,
अरुभन्दा यो त धेरै माथि रहेछ
अघि बढ्न नसक्नुको अर्थ भेटियो,
मेरै सहकर्मी बिश्वासघाती रहेछ
अति साह्रो दुखेपछि बल्ल थाहा पाएँ,
आफन्तले किच्ने मेरै छाती रहेछ
सधैँ आफ्नो बुद्धिलाई व्यर्थ धिक्कारेँ
यो त ननिभेरै बल्ने बाती रहेछ
कसैलाई रुवाएर बाँच्नु भन्दा त
दुईहात घोट्ने कर्म जाती रहेछ