Interesting news from kantipuronline.com
कोदालोपछि कम्प्युटर
तीर्थ न्यौपाने
खेतबारीको काम सकेर एकछिन् कम्प्युटरमा बस्ने उनीमात्र होइनन् । गाउँमा अरू पनि प्रशस्त छन् । 'यहाँ आएपछि गाउँ र जिल्लाको सबै खबर थाहा हुन्छ,' अर्का कृषक गंगाबहादुर गुरुङ भन्छन्- 'अझ कम्प्युटरमा संसारभरकै कुरो हुने रै'छ ।' उनी एक घन्टा हिँडेर पेल्काचौरदेखि कम्प्युटर सिक्न र इन्टरनेट चलाउन मायाटारी धाउने गरेका छन् ।
नेपाल ग्रामीण सूचना तथा प्रविधि समाजले गाउँमै कम्प्युटर चिन्ने वातावरण बनाएपछि किसानहरू यसप्रति भmयामिने मौका पाएका हुन् । समाजले गत वर्ष देउसी र भैलो खेलेेर गाउँमा दुई थान कम्प्युटर ल्याएको छ । त्यसमा इन्टरनेटसमेत जोडिएको छ । सूर्योदय क्लबसँग मिलेर केही वर्षभित्र जिल्लाभर सूचना केन्द्रको विस्तार गर्ने योजना
भएको समाजका अध्यक्ष सुदीप अर्याल बताउँछन् ।
एउटा कृषकको बाख्रा बेच्नु पर्दा होस् वा कसैलाई खेतला चाहिँदा त्यसबारे गाउँमा सोद्धै र खोज्दै हिँड्न पर्दैन । त्यसको विवरण सूचना केन्द्रमा टाँसिएको हुन्छ । 'भविष्यमा यही कुरालाई नेटमा राख्ने हाम्रो योजना छ,' अर्याल भन्छन्- 'त्यसका लागि पहल गरिराखेका छौं ।'
किसानलाई सञ्चार र सूचना प्रविधिप्रति आकषिर्त पार्न समाजले मायाटारीको अलवा बगालथोक, करेन्डाँडा, राङखोला, बयरघारी र बायाँटारी, कास्की जिल्लाको कास्कीकोट, धिताल र दाङमा गरी १० स्थानमा सामुदायिक सूचना केन्द्र स्थापना गरेको छ । ती सूचना केन्द्रमा राष्ट्रियस्तर केही दैनिक पत्रपत्रिकाको व्यवस्था पनि मिलाइएको छ ।
किसानले व्यवस्थित सूचना पाटीको प्रयोग र पत्रपत्रिका निःशुल्क रूपमा पढ्न पाउँछन् । कम्प्युटरमा बसेबापत भने प्रतिघन्टा दस रुपैयाँको दरले तिर्नुपर्छ । सूचना केन्द्रको माग बढ्दै गएको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ बताउँछन् ।
'हाम्रो गाउँमा पनि खोल्न पर्यो भनेर धाउने धेरै छन्' उनी भन्छन् । नगरपालिकाका केही वडाका साथै रत्नपुर, किचनास र ओरस्टेलगायतका १० गाविसमा यस वर्ष स्थापना गर्ने योजना रहेको श्रेष्ठले जानकारी गराए ।
ग्रामीण भेगमा खोलिएका सूचना केन्द्र विदेशीहरूका लागि पनि चाख र चासोको विषय बनेको छ । अस्ट्रेलियाका क्यामरुन ब्रोक्स सूचना केन्द्रमा एक महिना सेवा गरेर फर्केका छन् । सरकारी स्तरका महँग्ाा योजनाभन्दा स्थानीय स्ा्रोत-साधन परिचालन गरेर खोलिएका केन्द्र दीर्घकालीन हुने अर्याल बताउँछन् ।