---बाङ्गेले चै धेरै उसैलाई हेर्यो अनि छ्यास्स मलाई पनि। ---
निशा लच्किदै फर्कि उस्को कोठा तिर अनि बाङ्गे र म पनि लागिम मेरो कोठा तिर।
कोठा भित्र पस्नु के थियो बाङ्गेले सोधी हाल्यो "यो उर्बसी को नी?"
"उर्बसी निशा रे" मैले भनें।
"भन्या को?" बाङ्गेले फेरी सोध्यो।
"भन्या काकीको बैनी रे" म चैं रे का रे लाएर जबाफ दिदैथें।
बाङ्गे अलमलियो। पैला त कैलेइ देख्या थे न जस्तो लाग्यो होला -- काँ बाट आई भन्ने पनि पर्या हुँदो हो। बाँगेलाई धेरै कुरा बुझ्नु पर्या म प्रस्टै बुझ्थें।
"मधेसबाट आ रे" उस्ले नसोधी मैले उस्को एउटा प्रस्नको जबाफ दिएँ।
"उग्र रै छे यार -- के रे उर्बसीको नाम?" बाङ्गेले सोध्यो।
"निशा रे" मैले भनें।
"निशा हैन यस्को नाम त उषा राख्नु पर्ने -- बिहान जस्तीलाई के को रात नी?"
बाङ्गेले यस्तो कुरा गर्छ भन्ने मलाई पैलेई थाह थ्यो -- तेसैले त उ बाट पन्छेको म।
"अनि माँहाकाल तिरको के छ त हालखबर?" मैले कुरा अर्को तिर लाँदै सोधें।
"ह्या त्यो माहाँकालमा त सङ्कटा पर्यो नी"
"के सङ्कटा?" मैले बुझिन।
"सङ्कटा भनेको सङ्कट के --- त्यो केटी त माईत आकि रैछे गै हाली नी"
"ल बरबाद, हो र?" म पनि अचम्मै भएँ। माईत आकि जस्ति त देखीन्न थिई।
"अनि के त?" उस्ले भन्न त भन्यो तर उ तेत्ती दु:खी भाको जस्तो चै मलाई लागेन।
"कस्ले भन्यो तँलाई उ माईत आकि भनेर?"
"कस्ले हुन्छ? ट्वाकले नी -- तेस्ले चिन्या रे छ त्यो केटी -- के को केटी --आईमाईलाई" बाङ्गेले सुनायो।
"कति छिटो गरीछ त यार ब्या" मलाई पनि दिक्क लाग्यो।
"दसमा पढ्दा पढदै गन्धर्ब बिहे गरेकी अरे भन्थ्यो ट्वाक त्यो अस्ति कौसीमा आको लाट्ठे थे न? -- त्यो सँग-- पछी उता कता धरान तिर हो क्यारे दन्तकालीमा पनि बे गरी रे -- लाट्ठे सोम झापाको रे छ -- भरखर हो रे यता माईती तिर आउन देका भन्थ्यो ट्वाक"।
"ट्वाकलाई चै कसरी थाह रे छ नी सप्पै?" मैले सोधेँ।
"ट्वाक्या बाउ र त्यो आईमाईको बाउ साथी रे क्या -- ह्या छोड अब त्यो आर्का स्वास्नीको के कुरा गराई भो र --बरु यो उर्बसीको त ब्या भा छैन होला नी" ? बाङ्गे त एक्कासी म तिर पो आईलाग्यो।
त्यो माहाँकाले केटीले बेला न कुबेला ब्या गर्देर मलाई पो नोक्सान पर्ला जस्तो भो।
मैले केही भनीन।
"खै चिनान यार हाम्लाई पनि" कि तँ नै बोल्या छैनस? फेरी सोध्यो उस्ले मलाई।
मैले बोलेकै छैन भन्दा उसो भए म सुरु गर्छु मैले सुरु गरे पछी मेरी भन्ला पातकीले भन्ने सोचेर "किन नबोल्नु-- जत्ती बोल्या छ" भनें।
"अनि चिनान त हाम्लाई पनि" फेरी थप्यो उस्ले।
"पख न त एक छिन" मात्रै भनेँ। दिक्क लाग्यो के झ्याउ आईलाग्यो भनेर।
"कैले आकी रे उर्बसी ह्याँ?"
यो सोध्छ भन्ने मलाई पक्का थ्यो -- अब भाको कुरा भनम -- बाङ्गे भडकी हाल्थ्यो -- तेसैले भनें "अघि भरखर आकी रे"
"बाङ्गेले मलाई अलि घुरेर भन्यो "तँ आफै एक छिन अघि आ भन्थिस काका सँग -- उर्बसी पनि काका काकी सँग आउँदै थिई --उ भरखर आ भे तैले कसरी टन्नै गफ गरीस त?"
थुक्क, कुरा फुस्केछ भनेर मलाई चाप पर्यो। भरखर त हो त - म पनि गा थेँ काका काकी सँग उस्लाई लिन -- बाटा भरी गफ गरेर आउँदै छु --" सके सम्म सच्याउन खोजेँ कुरो तर बिग्र्यो भन्ने लागेकै थ्यो।
"बाङ्गेले केही भनेन"
यत्तिकैमा निशा उस्को कोठाबाट माथि जान हुँदो हो मेरो कोठा अघि बाट गै। बाङ्गेले मलाई फेरी ईसारा गर्यो "चिना" भनेर।
"पख न के हतार" भनेँ। मलाई बाङ्गे चिनाउनै मन छैन।
"तैले चिनाउँछस कि चिन्ने चिनाउने काम म आफै गरम?"
चोकमा उभिएकी निशालाई मेरो कोठाको झ्यालबाट बाङ्गे र मैले देखी रा थिम। माथि गै होला भन्या त चोक तिर पो लागी छ। माथि गा भे हुन्थ्यो नी --ठानें।
बाङ्गे त्याँ बाहीर गएर कुरा गर्न सजिलै सक्थ्यो। उस्लाई सुर चढे पछी जे पनि गर्थ्यो।
"जा न त आफैं जा" मैले भनेँ -- जाँदैन की भन्ने आश।
उ त निस्कि हाल्यो कोठाबाट। म पछि पछि लागें। मैले रोक्नु अघि नै उ चोकमा पुगी हाल्यो।
"काकिको बैनी हो?" उस्ले सोध्यो।
निशाले हामी दुबैलाई हेरी।
"हो" उस्ले भनी। अब बाङ्गेले के के भन्ने हो भन्ने पिरमा पर्या थें म -- मैले तेई पिरमा परिचय सक्कि हालोस बरु भनेर बाङ्गेतिर देखाउँदै भनें "यो मेरो साथी बाङ्गे"।
बाङ्गेले बेपत्ता घुर्यो मलाई। निशाको अनुहारमा एक छिन अघिको असजिलो पनको ठाउँ अहिले मुस्कानले लेको थ्यो।
मैले झट्ट सम्झें "मैले बाङ्गेको असली नाम भनेर चिनाउने पर्ने -- काँ बाङ्गे भनेर पो चिनाएछु -- हडबडमा"। अब बाङ्गे उफ्रीने हो की भन्ने डर लाग्यो।
बाङ्गेले फेरी प्रस्नको झटारो निशा तिर ताक्यो "कैले आ?"
ल खत्तम। म बिबस उभीईरहें। निशाले आफ्नै सुरमा "अस्ति" भन्दी।
बाङ्गेले उस्को करौती घुरानले मलाई रेटेर उ त्यै चोकै बाट एक्कासी बिदा भयो। ---