Posted by: worldissmall October 18, 2007
Especial Dashain Poem For YOU
Login in to Rate this Post:     0       ?        

Subhakamana!!

सुक्यो होला हिलो मैलो ,
झुल्यो होला धान बाली ,
बाटो हेर्दै  बसीन  उनी ….आउलान  भनी यसपाली

बज्यो होला  मंगल धुन ,
नाच्यो होला तारा जून
 जाने छु म आर्को साल ……. आमा बा को  पाऊ छुन

गाडे होलान  लिंगे पिंग ,
थापे होलान  लंगूर बुर्जा
रसायो होला आँखा उनको …..बाटो हेरी कुर्दा कुर्दा

मुछे होलान रातो टिका ,’
सिउरे होलान सयपत्री जमरा
मनमा मेरो नेपाल छ …….आंखामा  आफ्नाको तस्बीर

सुक्यो होला हिलो मैलो
झुल्यो होला धानबालि
परदेशमा छौ हामी  निधार नहोस हाम्रो खाली
यसपाली त यस्तै भयो जाउला नि नेपाल आर्को पाली
हिंशा रहित दशैं मनाऔ  ……. संसार भरी हामी नेपाली

Read Full Discussion Thread for this article