सि के लाल, देबेन्द्रराज पाण्डेले जे पनि भनुन् यिनीहरु सबै माओबादि मासु भएका तर मानवअधिकारवादीको छाला ओढेका छद्मभेषीहरु हुन, पत्यार लाग्दैन भने गुगलमा खोजेर भिडियो हेर्नुहोस। कँग्रश चैँ पन्च, एमाले कँग्रेश अनि माओवादि चैं लोकतान्त्रिक हुन्छ भन्ने बिश्वाश रे। देशको अस्तित्वलाइ जुवामा खेल्न हुने तर समाधानको हल चांही तत्काल छैन रे ? यस्ता मुलाहरु भन्थे २३७ बर्षको इतिहासले नेपालीहरुमा खोक्रो राष्ट्रवाद मात्रै पैदा भएका छन, परषपरमा वास्तवमा द्देष राख्छन रे । के प्रशान्तका फ्यानहरुको जमातले त्यसलाइ गलत सिद्द गरिदिएनन ? टाउकेहरु भन्दा लाउकेहरु नै देखाए नेपालि एक हुनुको भावानात्मक मतलब। कसैको दवाब बिना स्वत स्फुर्त आएको यो उर्लनलाइ पनि नक्कलि भन्ने ? उदितले दुइटै ठाँउमा ब्यालेन्स गर्दै बेला बेलामा मिश्रित अभिब्यत्ती जाहेर गरे, यसमा लाउकेहरुको के दोष? तराइबादीहरुले भनोस, मैथलिलाइ समान भाषा बनाउनु पर्छ नकि हिन्दिलाइ, बिहारी बाबुको लान्छना पनि कम हुन्थ्यो कि? आडम्बरी चरित्र भाभए के भाडाँ माझ्न तयार हु्न्थे? सचेत रुपमा सिकेलाललाई पनि थाह छ, नेपालमा भाँडा माझ्ने र अमेरिकामा भाँडा दुई फरक कुरा हुन तर आफ्नो लेखन तर्कलाई सनसनीपूर्ण बनाउनु त पर्यो नै आन्दोलनको नेत्त्रीत्व जस्तै । दुइ बाटोको अवसर हुदाँहुदै पनि बिदेशिएका सच्चा मनका नेपालीहरु कमसेम देश टुक्राटु्क्रा हुन लागेकोमा ब्यथित छन, सम्झनामा आँसुका पानीले भाँडा पखाल्दै छन । नेपालमा बसेर सुबिधा लिने, चर्को नारा भाषण,समस्या पनि गर्ने अनि देशको भद्रगोलमा अचुक समाधान पनि भएका कोही माइकालाल छ? हैन भने सिकेलाल भनाउदा मुख चल्ने आँशु ननिकल्नेहरुको नेपालमा के काम?