Posted by: sumedhu October 18, 2007
अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त
Login in to Rate this Post:     0       ?        
कुरा सत्य हो र त्यो मान्नै पर्छ , केही समय अघि नेपाली टाइम्स वा हिमाल खबर पत्रिकामा सि के लालले लेखेका छन, त्यो पनि सोचनीय छ :

सयौँ वर्षदेखि नेपाली पहाडेहरू भारत , ब्रिटेन, अनि अहिले पनि ब्रुनाइ, सिंगापुर अनि अरू पनि मुलकमा भाडाका सिपाही भएर  बेलायती गोराहरूको ठेकेदारीमा अरू मुलुकहरूको राष्ट्रियताको वफादारी निभाउन खट्दा तिनीहरूको राष्ट्रियता प्रतिको नियतमा कहिल्यै प्रश्न उठ्दैन , तर किन तराई र तराईवासीको राष्ट्रियताको बारेमा प्रश्न उठिरहन्छ ? के यो सत्य हैन र 'नेपालको अहिले सम्मको राष्ट्रवाद पहाडे राष्ट्रवाद हो ' ? प्रशान्तको जीतको खुशी यही नेपाली सोच प्रवृत्तिको तस्वीर हैन र ?

म भारतको सुदूर पूर्वमा जन्मेको पहाडे नेपाली हुँ र पहाड मै बस्छु अहिले बिदेशमा भए पनि  , तर तराईवासीलाई सफल भए मात्र मेनस्ट्रिमको नेपाली ठान्ने नत्र बिहारी वा ईण्डियन धोती भनेर हेप्ने पहाडे मानसिकता माथिको प्रश्न एकदम उचित छ । अनि जति जे भने पनि अति धेरै अप्ठ्यारा र मानव निर्मित बिकटताका बाबजूद नेपालमा बसेर आफ्नै दुखजिलो खेपेर , जीवनको रथलाई अगाडि बढाउने स्वाभिमानी मानिसहरू कुनै पनि बिदेश पलायन हुनेहरू भन्दा सयौँ गूणा प्रशंसनीय छन। यसको अर्थ यो पनि हैन कि बिदेशमा पुग्ने बित्तिकै मान्छे बिग्रेका छन , तर धेरै जसो बद्मासी र स्वार्थका पर्याय बन्दै स्वदेश र स्वदेशमा बस्नेलाई हेलाँ गर्ने र उपदेश पिलाउने खालका पनि नभएका हैनन ।तर कोही कहीँ बस्दैमा वा काम कुनै पनि गर्दैमा कमसल हुँदैन , उसको मानसिकताको विकृतिका अनि प्रवृत्तिका  कारण हुन्छ । बिदेशमा मैले देखेका धेरै नेपाली एकार्कालाई माया र सहयोग गर्छन, परिश्रमी, स्वाभिमानी र अरूले विश्वास र पत्यार गर्ने खालका छन् । तर त्यो भीडमा ठुलै हिस्सा स्वार्थी, आफ्नै दाजूभाइ ठग्नेहरूको पनि छ । नहोस पनि किन, ठग्न पनि जसको नजिक भइन्छ वा जस्को विश्वामाथि घात गर्न सकिन्छ त्यहीँ सजिलो हुने कुरा त हो नि !

किन हामी अर्कोलाई आरोप गर्दै वा गाली गर्दै मात्र आँफू अगाडि बढेको महशूस गर्छौँ ? यो त अरू गाडिहरू तिब्र गतिमा अगाडि गुडेको देख्दा , आँफू गतिमान बनेको मख्ख पराइ भएन र ?

हाम्रो सोचमाथि हामी मध्येको कसैले प्रश्न उठाउनुमा कुनै गल्ति हुनुहुँदैन तर अपेक्षा त्यत्ति हो प्रश्‍न उठाउने स्वयंले पनि यही राग अलापेर त्यही प्रवृत्ति नदोहोराओस् ।

Read Full Discussion Thread for this article