Posted by: Birkhe_Maila October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हे पुन्टे बुडा-

मेरो कविताको शिर्षशक छ "म्यारिज र तासको खेला"

 

ब्यारम ब्यारम त भनेकै हो ब्यारे

कोरम पनि पुर्याकै हो के रे

तर के गर्नु

अभागि खप्पर तास र जिन्दगी उस्तै उस्तै

न तासमा सिक्वैन्स मिल्छ न लाइफमा

संगैका साथिभाइलाई एउटा हैन दुइटा हैन

माल माथि माल बजियाहरु टनेला नै पड्काउँछन

आफ्नो चाइँ डुप्लि डुप्लि भन्दा दुब्लि पनि भेटिन्न

संगैका साथिहरु पालै पालो बाजि मार्छन

खै बाबै आफ्नो त जिन्दगी उस्तै उस्तै

माल कहिले पर्दैन, बाजि पहिले मार्न सकिएन

अब मिले त एकै पटक दश प्वाइन्टको  दाऊ हान्छु

म्यारिज नै पारेर भए पनि भुत्ते छोराको बाउ हुन्छु

जेपिटि

 

 

Read Full Discussion Thread for this article