Posted by: chipledhunga October 17, 2007
Recipe
Login in to Rate this Post:     0       ?        
टोस्ट बनाउने तरिका:
१)  पोकाबाट पाउरोटी झिकेर टोस्टरमा हाल्ने।
२)  इच्छा अनुसार डढाइको मात्रा छान्ने।
३)  टोस्टरको lever लाई तल झार्ने।
४) एक सिप चिया वा कफी मुसुक्क हाँसेर तान्ने।
५)  एुटा प्लेट र फैलाउने छुरी टोस्टर नजिकै राख्ने।
६)  फ्रिजबाट इच्छा अनुसार नौनी, ज्याम आदी झिक्ने।
७)  पाउरोटीको टुक्रा माथि आए पछी झिकेर तुरुन्त प्लेटमा राख्ने (धेरै समय लगाए हात पोल्न सक्छ)
८)  फैलाउने छुरिको सहायताले पाउरोटीको उपरोक्त टुक्रामा अघी फ्रिजबाट झिकेको कुरा फैलाउने। (ज्याम धेरै हाल्दा हातमा च्याप च्याप लाग्ने सम्भावना हुन्छ)
९)  सकेसम्म थोरै धुलो झार्ने प्रयास गर्दै बिस्तारै टोक्दै खाने।
१०)  टोस्ट सुख्खा प्रकृतिको खाद्य पदार्थ भएकोले चिया, कफी, अथवा जुससंग खानु उचित हुनेछ।
Read Full Discussion Thread for this article