Posted by: Madness October 17, 2007
अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त
Login in to Rate this Post:     0       ?        

लेखक को हो भनेर लेखको भाव मुल्याङ्कन गर्ने कि लेखकले के भनेका छन् भनेर????

" अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त?"

सप्रिन्छ!

कम से कम बिदेशमा बसेर भाँडा माझेर आफ्नो परिवारलाई खर्च पठाइरहेकाहरु आफ्नो पारिवारिक कर्तव्यवाट त बिमुख छैनन कि! देश हाँक्ने मुख्य पेशामा बसेका नेता, कार्यकर्ताको मनपरिले चाहिँ देश सप्रिएको छ? तिनकै मनपरीतन्त्रको कारण हो बहुसङख्यक निम्न र मध्यमवर्गियहरु बिदेशिनु परेको। तिनै बिदेशिन बाध्य बनाइएका र दुख-सुख गर्दै आफु र आफ्नो परिवार चलाइरहेकाहरुलाई दोश दिएर देश कति सप्रिन्छ? जब जिवन बिताउन धौ धौ पर्छ तब हनेक उपायहरु गरेर पेट भर्नु पर्ने हुन्छ, चाहे त्यो अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर किन नहोस। नेता, कार्यकर्ता र पत्रिकामा महिनै पिच्छे सबैलाई बिष ओकल्दै दोषारोपण गर्ने दुरदर्षी लेखकहरु को कर्तव्यपरायणता चाहिँ के? नेपालमा लाखौँ युवाहरु नेपालमा केहि नदेखेर बिदेशको सपना देख्छन, तिनलाई त्यस्तो सोच्न बाध्य बनाउने को?

Read Full Discussion Thread for this article