Posted by: deeps October 17, 2007
अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त
Login in to Rate this Post:     0       ?        
सीके लालद्वारा लिखित यस लेख हिमालखबर पत्रिकाबाट साभार गरिएको हो। सम्पूर्ण लेखका लागि www.palpaonline.com अथवा हिमालखबर हेर्नुहोस्।

सबभन्दा दयनीय अवस्था विदेशिएका निम्न वर्गीय र विपन्न युवाहरूको हुने गर्दछ। मधेशबाट धान काट्न हरियाणा, भैँसी दुहुन पञ्जाव र आलु–प्याज उखेल्न राजस्थान–गुजरात धाउने सर्लाही–धनुषाका कामदारहरूको कुनै सपना हुँदैन, दुई–चार पैसा जोगाउने बाहेक। कलकत्ताको सोनागाछी र बम्बईको फर्रास रोडका कोठीहरूमा मलिन अनुहार लिएर बसेका चेलीबेटी रेलगाडी चढेर पुग्छन्। र, पश्चिम एसियामा भुइँ पुछ्न, खुट्टा मिच्न गएका युवतीहरू हवाईजहाजमा उडेर। तर हविगत दुवैथरिको एकनास नभए पनि मिल्दोजुल्दो भने हुन्छ। सिमला–नैनीतालतिर भेटिने पश्चिम नेपालका ‘डोट्याल’ होउन् वा गोहाटी–शिलाङ्गमा भारी बोक्ने पूर्वी तराईका ‘बिहारी’; विदेशमा रोजीरोटीका लागि परिश्रम गरिरहेका अधिकांश नेपाली युवाहरूबारे नेपालका ‘क्या बोर भो यार’ पुस्ताका शहरिया युवाहरूलाई केही थाहा छैन। त्यसैले ती प्रशान्त तामाङ्गको हिन्दी गीतमा हिले नाच देखाउँछन्, खोक्रो राष्ट्रियताको विभेदकारी नारा लगाउँछन् र च्याटरूममा गएर नपुंसक आक्रोश पोख्छन्: ‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको? धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन।’ ऐ, अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त? जवाफ सबैलाई थाहा छ।
www.palpaonline.com

Read Full Discussion Thread for this article