Posted by: sumedhu October 17, 2007
Dr mahato re-elected in NRN's president
Login in to Rate this Post:     0       ?        
NRN , please try to do something to the nation and its unlucky inhabitants first before demanding something like the right to dual citizenship.

तर आफ्नो स्वार्थ सिद्द गर्न र मौका मिलेमा बिदेशमा जम्मा गरेको पैसाले नेपाली राजनीतिको जोडघटाउ किन्ने सामर्थ्य आर्जन गर्न दोहोरो नगारिकताको फोहोरो र लोभी मागमा नलागौँ । पहिला काम गरेर देखाऔँ अनि मुलुकवासीले भनिहाल्छन ' यिनीहरूको पनि देश हो यो' । पहिला धन र क्षमता भएका बिदेशमा स्थापित नेपालीको नियत सफा भएर आफ्नो पूर्ख्यौली मुलुकका लागि केही दिने सोच व्यवहारमा आउनु पर्‍यो अनि मात्र मुलुकबाट उनीहरूले अपेक्षा राख्न सुहाउँछ । अहिले नै दोहोरो नागरिकताको माग गर्नेहरू र पूरा गरिदिन्छु भन्ने दुवै सोचहरू स्वार्थपरक मात्र छन् ।

अनि कामरेड भट्टराईले भन्देछन ' आप्रवासी चिनीयाहरूले लगानी गरेर अहिलेको चीन विकसित भएको हो' । यो पाखण्डी कम्युनिष्ट दावा हो र कम्युनिष्ट सोचको संकीर्णता यति मात्र सोच्न सक्छ । FDI ( Foreign Diorect Investment) यस्तो पोथे कम्युनिष्ट बाटोबाट मुलुकमा भित्रिन्न ।

पहिला मुलक बनाउने हो भने माओवादीको जोरजुलुमबाट मुलुकलाई उद्दार गर्दै स्थायी शान्ति, सुरक्षा, दिगो राजनैतिक स्थिरताको प्रत्याभूति गर्न सक्नु पर्छ । त्यसपछि वातावरण बनायो भने विदेशी लगानी भित्रिन्छ किनभने आजको संसारमा लगानी गर्न खोज्ने व्यक्ति र समूहको कुनै कमी छैन

अत: व्यवहारवादी भएर हेरौँ , भावुक भएर हैन । नेपालको एनआरएन भारत को एनआरआइ जस्तो बन्न सय वर्ष कुर्न पर्ने छ अझै पनि , केही नदिई सबै खोज्ने यो स्वार्थलम्पट सोच लिएर बिदेशमा बसेर टाइ लगाउँदैमा नेपालमा बस्ने मान्छेहरूलाई 'केही हैनन , हामीले गर्न पाए जान्याथ्यौँ ' भन्ने ९८% बकम्फुसे एनआरएन को डंका पिटेर मुलुकले तिनको प्रचार सिवाय केही गरेको हुँदैन । यो कन्सेप्टमा झुसिलोपन बढी छ ।

यिनीहरू मध्ये उपेन्द्र यादव अलि बढी दामवाला हुन , उनले चुनाव जित्ने मात्र हैन चाहे भने केही लगानी पनि गर्न र गराउन सक्छन् , अरूको कुरा खुट्टी देखेर पत्याउने तालका हुन । यो देशमा यस्तै कुरा बिक्छ ।
Read Full Discussion Thread for this article