Posted by: भउते October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

जदौ सप्पैलाई।

चियाउन त म पनि चियाइराकेको छु के रे। लेख्न भने जाँगर चल्दैन अचेल। पैले पैले कुखुरा बास्ने बेला सम्म चौतारीमा बर्बराएर बसिन्थ्यो। अरुले कुरो सुनुन् कि नसुनुन्, बुझुन कि नबुझुन्, मन पराउन कि नपराउन्, माइन्ड गरुन कि नगरुन्, केही मतलब थिएन। बस् औँलाको टुप्पोले जे भन्छ त्यै टाइप गर्यो, सब्मीट गर्यो। खै कहाँ गए कुन्नि ति जोश-जाँगर हरु।

जे होस् फेरि सबैलाई दशैँको शुभकामना। आज राति बाट त कालरात्री लाग्छ के रे। देशमा सधैँ कालरात्री छ। अब यो कालरात्रीको के महत्व भो र। श्वेतरात्री कहिले आउने हो कुन्नि, म त श्वेतरात्रीको प्रतिक्षामा।

Read Full Discussion Thread for this article